२०८० आश्विन १२, शुक्रबार
कावासोती ।नवलपुरको कावासोतीमा रहेको कुमारवर्ती बहुमुखी क्याम्पसले नयाँ योजनाका साथ शिक्षण सिकाई कार्य गर्ने भएको छ । क्याम्पसले पछिल्लो समयको आवश्यकतालाई महशुस गर्दै नयाँ योजनाका साथ अगाडी बढेको क्याम्पसका प्लस टु तर्फका संयोजक विकास थापाले बताउनुभयो । क्युएए प्राप्तीको तयारीमा रहेको क्याम्पसले प्लस टु तर्फ कानून सहित प्राविधिक शिक्षालाई अगाडी बढाउने योजना बनाएको संयोजक थापाले बताउनुभयो ।
क्याम्पसले सैद्धान्तिक सहित व्यवहारीक ज्ञान प्रदान गर्ने गरि परियोजना तथा अनुशन्धानमुलक सिपमा आधारित कक्षा , उच्च स्तरिय कम्युटर प्रयोगशाला तथा ई लाइबे्ररी व्यस्थापन गरेको संयोजक थापाले बताउनुभयो ।
क्याम्पसले स्मार्ट कक्षाको व्यवस्थापन , प्रयोगात्मक कक्षामा जोड, प्रोगे्रसिभ शैक्षणिक विधि, विभिन्न तालिमहरुको सुविधा, छात्रवृतिको सुविधा , शैक्षिक भ्रमण, खेलकुद, यातायता सुविधा सहितको विशेषताका साथ अध्यापन गराउने संयोजक थापाले बताउनुभयो ।
जिल्लाकै पुरानो क्याम्पसका रुपमा रहेको यस क्याम्पसले विद्यार्थी तथा अभिभावकको लागि दुर्घटना विमा गर्ने क्याम्पस प्रमुख गुरुप्रसाद सुवेदीले बताउनुभयो । गुणस्तरी र देश तथा विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने गरि जनशक्ति तयार गर्ने गरि आफुहरुले गुणात्मक शिक्षा प्रदान गर्ने क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो । भोलीका दिनमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरि आफुहरुले सोही अनुसारको तयारी गरिरहेको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो । दक्ष जनशक्ति र गुणस्तरीयतालाई जोड दिदै आफुहरु अगाडी बढेको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |