२०८० आश्विन १२, शुक्रबार
कावासोती । नाग पञ्चमी को अवशर पारेर सर्प सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । नेपाल टक्सिनोलोजी संघको आयोजनामा कावासोतीमा नाग पुजा सहित सर्प सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको संघका अध्यक्ष छविलाल थापाले बताउनुभयो ।
डाक्टर ,सर्प उद्धारकर्ता,वायोलोजिस्टहरुको उपस्थितिमा सर्प सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो । विषालु सर्पहरु कुन हुन भनेर कसरी पहिचान गर्ने, सर्पको डसाईबाट कसरी बच्ने , उपचार पद्धती कसरी गर्ने लगाएतका विषयमा केन्द्रित रहेर सचेतनामुलक कार्यक्रम गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा सर्प उद्धारकर्ताको अनुभव र नयाँ उद्धारकर्ताहरुलाई प्राविधिक ज्ञान समेत बाडिएको उहाँले बताउनुभयो । सचेतनामुलक कार्यक्रममा डा. छविलाल थापा, कमल देवकोटा, डा. आमोद घिमिरे लगाएतले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल टक्सिनोलोजी संघको आयोजनामा भएको कार्यक्रममा रर्फर फाउण्डेसको समेत सहकार्य रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंले कार्यक्रम फलदायी रहेको र यसले सर्पका बारेमा सचेतना सहित यसको संरक्षण सहित यसबाट हुने जोखिम घटाउन सहभागि मार्फत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सचेतनामुलक कार्यक्रम नेपाल टक्सिनोलोजी संघका अध्यक्ष डा. छविलाल थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाल लगाएतको समेत उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |