२०८० आश्विन ११, बिहिबार
कावासोती । स्थानीय तहको फागुनमा हुन सक्ने निर्वाचनलाई लक्षित गरि मतदाता नामावली दर्ताको तीन महिने अभियान सुरु हुन लागेको छ । मतदाता परिचय पत्र लिनेको संख्या बढोस र मताधिकारका उमेर समूहका व्यक्तिले परिचय पत्र बनाउन भनेर भदौ १ गते देखी जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावती दर्ताको काम सुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरका जिल्ला निर्वाचन अधिकारी लाल प्रसाद भुषालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिनेहरुले सहज रुपमा सोही स्थानमा मतदाता परिचय पत्रकालागि नाम दर्ता गरुन भनेर भदौ १ गते देखी कात्र्तीक मसान्त सम्म तीन महिने कार्यक्रम गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी भुषालले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन अघिल्लो निर्वाचन भएको मितिले दुई महिना अघि गर्नुपर्ने व्यवस्था भएकाले फागुनमा स्थानीय तहको निर्वाचन हुन सक्ने र त्यसको १२० दिन अघिबाट निर्वाचन आचार संहिता अनुसार नयाँ मतदाता दर्ता गर्न नमिल्ने भएकाले त्यस अघि तीन महिना कार्यक्रम गर्न लागिएको जनाईएको छ ।
जिल्ला निर्वाचन कार्यालयबाट नियमित रुपमा मतदाता नामवली दर्ताकालागि काम भने भइरहेको निर्वाचन अधिकारी भुषालले बताउनुभयो । अहिले कार्यालयमा दैनिक करिब १० जनाको हाराहारीमा नयाँ मतदाता नामावली दर्ताकालागि आउने गरेको उहाँले बताउनुभयो ।
नवलपुरमा हाल संख्या २ लाख ३३ हजार १२३ पुगेको छ । यो गत पुस सम्मको अध्यावधीक गरिएको संख्या हो । त्यस यता समेत केही मतदाता थपिएका छन् । जिल्लामा गत स्थानीय तहको निर्वाचनको समयमा कुल २ लाख २१ हजार ७१४ जना मतदाता रहेका थिए ।
नवलपुरमा हाल १ लाख २३ हजार ५५२ महिला , १ लाख ९ हजार ५६७ पुरुष र तेश्रो लिङ्गी चार जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्व नवलपुरले जनाएको छ ।
जिल्लामा हाल कावासोती नगरपालिकामा सबै भन्दा धेरै मतदाता रहेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालिकामा ५० हजार ९२४ मतदाता रहेका छन् । जसमा २७ हजार २९७ महिला , २३ हजार ६२५ पुरुष र दुई जना तेश्रो लिङ्गी रहेका छन् ।
यस्तै गैंडाकोटमा २३ हजार ४४९ महिला र २० हजार ८५८ पुरुष गरि ४४ हजार ३०७ , मध्यविन्दुमा २१ हजार ६४६ महिला ,१८ हजार ६५८ पुरुष र २ जना तेश्रो लिङ्गी कुल ४० हजार ३०६ मतदाता रहेका छन् । देवचुली नगरपालिकामा १८ हजार २९१ म्हिला र १५ हजार ९६६ पुरुष गरि जम्मा ३४ हजार २५७ मतदता रहेका छन् ।
विनयी त्रिवेणी गाउँपालिकामा १२ हजार ६६८ महिला र ११ हजार ४०९ पुरुष गरि २४ हजार ७७ , हुप्सेकोट गाउँपालिकामा ९ हजार ५४ महिला र ८ हजार ५१ पुरुष गरि जम्मा १७ हजार १०५ , बुलिङटारमा ५ हजार ९१९ महिला र ५ हजार ८९८ पुरुष गरि कुल ११ हजार ८१७ र बौदिकालीमा ५हजार २२८ महिला र ५ हजार १०२ पुरुष गरि कुल १० हजार ३३० मतदाता रहेको जिल्ला निर्वाचना कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |