२०८० आश्विन १४, आईतबार
तिर्थराज डुम्रे । चोरमारा । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा रहेको होटल शाही प्यालेसमा कोठा भाडामा लिएर बसेकी बालिकाको शंकास्पद मृत्यु भएको छ ।
शुक्रबार साँझ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ का १७ वर्षीय युवकसंगै कोठामा बसेकी रामग्राम नगरपालिका–१२ की १७ वर्षीया बालिकाको मृत्यु भएको हो । होटलमा बसको केही समयमा नै बालिका अचानक बिरामी भएको भनी उपचारको लागि पश्चिम नवलपरासीको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्ता लगिएकोमा अस्पतालले मृत घोषण गरेको हो ।
बालिकाको मृत्यु भएपछि मृतक बालिकासंगै कोठामा बसेका बालक फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट इन्स्पेक्टर हिक्मत थापा नेतृत्वको प्रहरी टोलि घटना स्थलमा गईं घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले राति नै होटल सञ्चालक भोज ब.थापा र कोठा भाडामा बसेका बालकले चलाई ल्याएको मो.सा. नियन्त्रणमा लिएका थियो । शनिबार बिहान प्रहरीले मोटर साईकल धनि पश्चिम नवलपरासी रामग्राम न.पा.–१२ शान्तिटोल बस्ने वर्ष २८ को ब्यास प्रसाद भर र फरार बालकले घटना पस्चात फोन सम्पर्क गरेका साथिलाई पक्राउ गरेको छ ।
प्रारम्भीक अनुसन्धानमा मृतक बालिकाको शरिरमा कुनै प्रकारको घाउ तथा चोटपटक नदेखिएको र अत्याधिक रक्तश्रापको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमको लागि अहिले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा राखिएको छ । पोष्टमार्टम रिर्पोट पछि घटनाको कारण खुल्ने प्रहरीले जनाएको छ ।
फरार रहेका बालकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृतक बालिका र फरार बालकको परिचय खुलेको भएपनि घटनाको प्रकृति र प्रहरी अनुसन्धान जारी रहेको कारण नाम सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |