२०८० आश्विन १२, शुक्रबार
कावासोती । कावासोती नगरपाकिला वडा नम्बर ५ मा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन गरिएको छ । वडा नम्बर ५ को दश घरे टोलमा निर्माण गरिएको भवनको गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगरले उद्धघाटन गर्नुभएको हो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको उद्धघाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य गाहा मगरले भवन निर्माणल वडाका बासिन्दालाई स्वास्थ्य सेवा लिन सहजता मिल्ने बताउनुभयो । सामान्य उपचारकालागि अन्यत्र जानुपर्ने बाध्यता समेत हटेको उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकाले नगर स्तरमा सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन वडा वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको र यसले नागरिकलाई सहजता मिलेको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा नगरले धेरै लगानी गरेको उहाँले बताउनुभयो ।
वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन निर्माण पश्चात स्वास्थ्य सेवा प्रदान गर्न सहजता हुने वडा अध्यक्ष हरि प्रसाद बास्तोलाले बताउनुभयो ।आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणकालागि एक कठ्ठा जग्गा इन्द्र प्रसाद भुषाले प्रदान गर्नु भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |