२०८० आश्विन १४, आईतबार
कावासोती । पौरखी बचत तथा ऋण सहकारी संस्था मार्फत दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । संस्थामा आवद्ध कावासोती नगरपालिका वडा नम्बर २ निवासी सदस्य जिवन रानाको परिवारलाई दुर्घटना बिमा बापतको रु. २ लाख हस्तान्तरण गरिएको हो । बिमा बापतको रकम संस्थाका अध्यक्ष यम बहादुर थापाले स्व. जिवन रानाका पत्नी कुमारी गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । संस्थाका सदस्य जिवन रानाको सवारी दुर्घटनामा परि निधन भएको थियो ।
रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव विश्वनाथ काफ्ले, व्यवस्थापक निलकण्ठ पराजुली लगाएतको सहभागिता रहेको थियो ।
संस्थाले सामाजिक सुरक्षा कार्यक्रम मार्फत आफ्ना सदस्यहरुलाई रु. एक लाखा देखी रु.२ लाख बराबरको दुर्घटना बिमा, रु.१० हजार देखी रु.२० हजार बराबरको मृत्यु राहत सहयोग, रु.२० हजार देखी तीन लाख बराबरकोे जटिल रोग उपचार सहयोग र रु. १ लाख सम्म प्राकृतिक प्रकोप सहयोग उपलब्ध गराउदै आएको संस्थाका व्यवस्थापक पराजुलीले नवलपुर पे्रसलाई बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |