२०८० आश्विन ५, शुक्रबार
कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–५ का किसानले उत्पादन गरेका भुइँकटहर बजारसम्म ल्याउन समस्या हुँदा किसान चिन्तित छन् । वर्षाका कारण बाटो अवरुद्ध बनेपछि भुइँकटहर बजार ल्याउन सकिएको छैन ।
उत्पादन राम्रो भए पनि बजारसम्म पु¥याउन नपाउँदा समस्या भएको स्थानीय पदम गाहामगरले बताउनुभयो । वडा नं। ५ देवचुली नगरपालिकाको विकट पहाडी क्षेत्र हो । भुइँकटरको पकेट क्षेत्रका रूपमा बन्दीरपुर र कदमपुर परिचित छन् । यहाँका बासिन्दाको मुख्य आम्दानीका रूपमा रहेको भुइँकटर बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेको गाहाले बताउनुभयो ।
वर्षाका कारण बाटो अवरुद्ध भएपछि ढुवानी समस्या भएपछि भुइँकटहर डोकोमा बोकेर किसान दलदले बजारसम्म आउने गरेका छन् । दलदलेसम्म हिँडेर आइपुग्न करिब साढे दुई घण्टा समय लाग्ने गरेको गाहाले बताउनुभयो ।
किसान चन्द्रबहादुर ख्याउले मगरले बर्सेनि करिब दुई हजारवटा भुइँकटहर बिक्री गर्दै आएकामा यसपालि बजार पठाउन नसकेको बताउनुभयो ।
वडामा पुग्ने बाटोको ठाउँठाउँमा पहिरो गएकाले सो पहिरोलाई सफा गर्न र उत्पादित भुइँकटहरलाई बजारसम्म पु¥याउन पहल भइरहेको देवचुली नगरपालिका–५ का अध्यक्ष शिव सापकोटाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |