२०८० आश्विन ५, शुक्रबार
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आमा स्वास्थ्य कार्यक्रम’ मार्फत तिन वर्षमा २ हजार ६ सय ४० जनाले सुविधा लिएका छन् ।
स्थानीय सरकार स्थापनापपछि आमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने नगरकार्यपालिकाको पहिलो निर्णय थियो । नगरपालिकाभित्रका महिलाहरु गर्भवती र सुत्केरी हुँदा विभिन्न शिर्षकमा नगद प्रोत्साहन दिने गरि ‘आमा स्वास्थ्य कार्यक्रम’ सुरू गरिएको थियो ।
कावासोती स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत पारेश्वर भुर्तेलले दिनुभएको जानकारी अनुसार ‘आमा स्वास्थ्य कार्यक्रम’ मार्फत् गत आर्थिक वर्ष २०७७÷ ०७८ मा ९५१ जनाले सुविधा लिएका छन् । आर्थिक वर्ष ०७६÷ ०७७ मा ७७३ जना र २०७५÷०७६ मा ९१६ जनाले सुविधा लिएका थिए ।
चार पटक गर्भवती जाँच गराए बापत पोषण प्रोत्साहन खर्च पाउनेको संख्या एक हजार ४ सय ३ जना छ । यो सुविधा अन्तरगत प्रतिव्यक्ती पाँच सय रुपिँया प्रदान गरिन्छ । यो सुविधा लिनेमा आर्थिक वर्ष २०७५÷०७६ ४९७ जना , आर्थिक वर्ष ०७६÷ ०७७ मा ३८४ जना र आर्थिक वर्ष २०७७÷ ०७८ मा ५२२ जना छन् । भुर्तेलका अनुसार गत वर्ष आमा स्वास्थ्य कार्यक्रममा ९ लाख ५३ हजार रुपिँया खर्च भएको छ ।
प्रसुती प्रोत्साहन पाउने आमाहरुको संख्या ( कालीगण्डकी अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा ) ३९७ छ । यो सुविधा अन्तरगत प्रतिव्यक्ती १५ सय रुपिँया प्रदान गरिन्छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा १३० जना, आर्थिक वर्ष ०७६÷ ०७७ मा ११८ र आर्थिक वर्ष २०७७÷ ०७८ मा १४९ जनाले प्रसुती प्रोत्साहन सुविधा लिएका छन् ।
यस्तै अन्य बर्थिङ्ग सेन्टरमा ( नजिकको स्वास्थ्य संस्था बाहेक ) सुत्केरी भए बापत प्रसुती प्रोत्साहन खर्च प्राप्त गर्ने आमाहरुको संख्या ७४७ जना छन् । यो सुविधा अन्तरगत प्रतिव्यक्ती ७ सय रुपिँया प्रदान गरिन्छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा २६२ जना, आर्थिक वर्ष ०७६÷ ०७७ मा २४४ जना र आर्थिक वर्ष २०७७÷ ०७८ मा २४१ जनाले प्रसुती प्रोत्साहन सुविधा लिएका छन् ।
यसैगरि रेफर सुविधा (एम्बुलेन्स सेवा ) प्राप्त गर्ने सुत्केरीहरुको संख्या ९३ जना छ । यो सुविधा अन्तरगत आमा स्वास्थ्य कार्यक्रममा आबद्ध स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकी अन्य स्वास्थ्य संस्थामा रेफर गर्दा लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाले प्रदान गर्छ । एम्बुलेन्सको बीलको आधारमा उक्त सुविधा उपलब्ध गराईने गरेको भुर्तेलले बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷०७६ र ०७६÷ ०७७ मा २७ ÷ २७ जना र आर्थिक वर्ष २०७७÷ ०७८ मा ३९ जनाले यो सुविधा लिएका छन् ।
महिलाहरुले गर्भवती भएदेखि नियमित चेकजाँच गराउन र कम्तीमा सुत्केरी हुँदा स्वास्थ्य संस्थामा सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुत्केरी गराउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीयाले बताउनुभयो । यस कार्यक्रमले महिलाहरु गर्भवती भइसकेपछि स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थासम्म जाने दर बढ्ने जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा सुधार आउने आशा राखिएको मर्दनीयाले बताउनुभयो । यसबाट आमा र शिशु मृत्युदरमा कमी आउने अपेक्षा समेत गरिएको उहाँ बताउनुहुन्छ ।
यस कार्यक्रमले विपन्न परिवारका गर्भवती र सुत्ेकरी आमाहरु बढि लाभान्वित भएका छन् । भर्गवती र सुत्केरीको समयमा आफ्नो स्वास्थ्यका लागि पौष्टिक आहार लिन केही सहज भएको उनीहरु बताउछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |