२०८० आश्विन १४, आईतबार
कावासोती । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस नवलपुरमा पनि मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि नवलपुरको आयोजनामा कावासोती सभापती चोकमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरि स्मृति दिवस मनाइएको हो ।
नेकपा एमाले केन्द्रिय कमिटि सदस्य, नवलपुर जिल्ला इन्चार्ज एवं सांसद तिलक महत, जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, जिल्ला सचिव एवं संविधान सभा सदस्य जिवन श्रेष्ठ, पार्टीका जिल्ला नेता, बिभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य लगाएतको उपस्थितीमा माल्यार्पण कार्यक्रम गरिएको हो ।
कोभिड १९को माहामारीलाई मध्यनजर गरि सिमित व्यक्तिको उपस्थितमा अनौपचारीक रुपमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले पुष्पलालको शालिकमा माल्यर्पण गरि उहाँको योगदानको स्मरण गरेका थिए ।
रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिनुभएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।
२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गर्नुभएको थियो । त्यसको एक वर्षपछि २००६ सालमा उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |