२०८० आश्विन १४, आईतबार
कावासोती । कावासोती सहित देशैभर होण्डाको नयाँ मोडल ग्राजिया बीएस सिक्स स्कुटर सार्वजनिक गरिएको छ । सोमबार कावासोतीमा रहेको माया अटो प्रालीमा समेत नयाँ स्कुटर सार्वजकि गरिएको छ । होण्डाको बिक्रेता माया अटोमा पहिलो ग्राहक शिवप्रसाद भट्टराईले स्कुटर सार्वजनिक गर्नुभएको हो ।
स्कुटर सार्वजनिक गर्दै भट्टराईले आफु होण्डा ब्राण्ड र माया अटोको सेवा सुविधाले प्रभावित भएको बताउनुभयो । उहाँले नयाँ स्कुटरले ग्राहकको मन जित्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
मया अटोका प्रोपाइटर अमृतमाया भुषालका अनुसार आकर्षक र स्टाईलिस डिजाइन गरिएको १२५ सिसिको बीएस सिक्स मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएमदेखि १७१ एमएम एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत ग्राहकहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सक्छन् ।
होण्डाको पीजीएम एफआई (प्रोग्राम फ्युल इन्जेसन टेक्नोलोजी) प्रयोग भएका कारण यो स्कुटरमा बढी माइलेज र पावर रहेको भुषालले बताए । उहाँका अनुसार ग्राजियाको यस नयाँ बीएस सिक्स डिलक्स मोडलमा इन्धनको बचत गर्नका लागि आइडिलिङ्ग स्टप रहेको र नयाँ बीएस सिक्स एसटिडी मोडलमा इन्जिन स्टार्ट÷स्टप स्वीच रहेको बताउनुभयो ।
स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसीजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेका छन् । नेपाली बजारमा ग्राजिया बीएसभी सिक्स डिएसस मोडलको मूल्य २ लाख ६९ हजार ९ सय र ग्राजिया बीएसभी सिक्स मोडलको मूल्य २ लाख ८९ हजार ९ सय रहेको छ ।
यसै बिच स्कुटर सार्वजनिक समारोहमा माया अटोका पहिल ग्राहक शिव प्रसाद भट्टराई ,सोरुमका पहिलो कर्मचार सुन्दर खनाल र सर्भिस सेन्टरका कर्मचारीलाई मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |