२०८० आश्विन १४, आईतबार
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले मंगलबारदेखि हिंसा प्रभावितका लागि अल्पकालिन आश्रय सहितको सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
एक औपचारिक कार्यक्रमकाबीच सेवा केन्द्रको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले उद्घाटन गर्नुभएको छ । कावासोती वडा नं. ९ मा सेवा केन्द्र सञ्चालनमा ल्याईएको हो । उद्घानपछि बोल्दै प्रजिअ पंगेनीले स्थानीय सरकारले पवित्र कामको थालनी गरेको बताउनुभयो । प्रदेशको सामाजिक विकास मन्त्रालय , केन्द्रको महिला मन्त्रालयसम्म सुचना पु¥याएर आवश्यक बजेटका लागि पहल गर्न उहाँले सम्बन्धीत शाखालाई आग्रह गर्नुभएको छ ।
अल्पकालिन सेवा केन्द्र नहुँदा कतिपय पीडित महिला तथा बालबालिकाको सुरक्षामा चुनौती हुने गरेको सरोकारवलाहरुले गुनासो गर्दै आएका थिए । जिल्लामा नै यस किसिमको आश्रय स्थल नहुँदा पीडीतलाई अन्यत्र जिल्लामा राख्नुपर्ने बाध्यता रहँदै आएको थियो । अब भने यो बाध्यताको अन्त्य भएको छ ।
यहाँ जिल्लाभरिका हिंसा प्रभावितहरु जो हिंसामा परेपछि घरमा बस्न सक्ने अवस्था हुँदैन ती सबैलाई आश्रय दिईने नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले बताउनुभयो । आवश्यकता अनुसार आश्रयमा बसेका हिंसा प्रभावितहरुलाई मनोपरामर्श दिईने छ । भने , चोटपटक लागेकाहरुलाई उपचार समेतको व्यवस्था गरिने मर्दनियाले बताउनुभयो । यस कामममा सबैले साथ रसहयोग गरिदिन समेत मर्दनियाले अनुरोध गर्नुभएको छ । तत्कालका लागि सुरक्षाकर्मी र सहयोगि दुई जना कर्मचारी राखिएको छ । आवश्यक तालिमको समेत छिट्टै व्यवस्था गरिने मर्दनियाले बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रमुख प्रकाश मल्ल , वडा नं. ९ अध्यक्ष नेत्र प्रसाद खतिवडा , गैह्र सरकारी महासंघका अध्यक्ष बद्री नेपाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा महिला तथा बालबालिका शाखाकी शुसिला तिमिलसीनाले सहजीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |