२०८० आश्विन १२, शुक्रबार
कावासोती ।कावासोती नगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगत यहाँ विभिन्न योजनाहरु निर्माण भईरहेका छन् ।
यस आयोजना विषेश गरि रोजगारमुखी रहेको छ । आयोजनामा लागेको बजेटको ५० प्रतिशतभन्दा बढि कामदारलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेका कारण यस कार्यक्रमबाट यहाँका स्थानीय लाभान्वित भएका छन् । कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीयाले भन्नुभयो – ‘सामान्यतया अन्य आयोजनामा कामदारभन्दा बढि सामाग्रीमा बजेट खर्च हुने गर्छ तर , यो कार्यक्रममा ५० प्रतिशतभन्दा बढि कामदारलाई दिनुपर्ने नीति रहेकाले यो रोजगारमुखी आयोजना हो । ’
अहिले यो आयोजना मार्फत् कावासोती १५ मा गुन्द्रही खोला तटबन्ध लगाउने काम भईरहेको छ । माझी मुसहर , बोटे विपन्न समुदायको बाहुल्यता रहेको शेरगञ्ज स्थीत गुन्द्रही खोलामा स्थानी ५१ जनाले रोजगार पाएका छन् । दैनिक माछा मारेर जिविकोपार्जन गर्दै आएका स्थानीयले खोलाले कटान गर्ने जमिनको सुरक्षा गर्ने काम पनि भएको छ । अर्कोतिर रोजगार समेत पाएका छन् । कावासोती १२ को वडा कार्यालय र सोही ठाउँकै शान्ति निकुञ्ज माविमा पर्खाल लगाउने काम समेत भइरहेको कावासोती नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
यस आयोजनाबाट सडक, नाला , पर्खाल निर्माण, खानेपानी र सरसफाई, स्वास्थ्य ,शिक्षा, फोहर व्यवस्थापन, पार्कहरु निर्माण , तटबन्ध लगाएतका काम भईरहेको घर्तीले बताउनुभयो ।
कावासोती नगरपालिकाले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन गर्ने गरि शहरी विकास तथा भवन निर्माण विभागसंग २२ करोड २ लाख ४१ हजार १३१ रुपैँया बराबरको सम्झौता गरेको थियो । चालु आर्थिक वर्षमा २ करोड २० लाख ,दोश्रो वर्ष १३ करोड २१ लख ४४ हजार ६७९ र तेश्रो वर्ष ६ करोड ६० लाख ७२ हजार ३३९ रुपैया बराबरको काम हुने गरि तिनर्षका लागि यो आयोजना यहाँ लागु गरिएको हो ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना मार्फत कोभिडको असरले बढेको बेरोजगारीलाई न्यूनिकरण तथा पूर्नउत्थान गराउदै रोजगारी र भौतिक विकासलाई जोडने गरि काम भईरहेको कावासोती नगरपालिकाका आर्किटेक इन्जिनिएर पवन रुपाखेतीले बताउनुभयो । आयोजनामा संलग्न कामदार स्थानीय नै हुनुपर्ने भएकाले यस आयोजनाबाट स्थानीयबासी बढि लाभान्वित भएको रुपाखेतीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |