२०८० आश्विन १२, शुक्रबार
नवलपुर । नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिकाले एकल पुरुष(विधुर)लाई भत्ता दिने भएको छ । गाउँपालिकाको छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका एकल पुरुषलाई भत्ता दिने उल्लेख गरिएको छ । ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिका भित्रका एकल (विधुर)पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरि एकल पुरुषलाई समेत भत्ता दिने व्यवस्था गरिने उहाँले बताउनुभयो । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिनेछैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जनाजति रहेको प्रारम्भिक तथ्यांक छ ।
यसै गरि ८५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक रुपमा चाडपर्व खर्च उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
गाउँसभामा अध्यक्ष दुर्गा बहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आगामि आर्थिक वर्षमा १५ शैयाको सुविधा सम्पन्न बौदिकाली आधारभुत अस्पताल स्थापना गरिने उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |