२०८० आश्विन १४, आईतबार
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभामा अध्यक्ष दुर्गा बाहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षाको विकासकालागि जोड दिईएको छ । नीति तथा कार्यक्रममा सबै विद्यालयमा विद्युतिय शिक्षण सिकाईको लागि इन्टरनेटको सुविधा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
छैठौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा दलित ,अपाङ्ग,एकल महिला, गरिव तथा विपन्न नागरिकका छोराछोरीलाई निशुल्क पठन पाठनको व्यवस्था मिलाईने,प्राविधक तथा व्यवसायिक शिक्षामा जोड दिईने कुरालाई समेत जोड दिईएको छ ।
गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडामा पुस्तकालय स्थापना गर्ने नीति लिएको छ । एक वडा एक पुस्तकालय स्थापना गर्ने उल्लेख गरिएको छ । यसै गरि शिक्षाको विकासकालागि सबै विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर प्रयोगशाला बनाउने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |