२०८० आश्विन १२, शुक्रबार
नवलपुर।नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिकाले आफ्नो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको छैठौं गाउँसभामा अध्यक्ष दुर्गा बहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिईएको छ । नीति तथा कार्यक्रममा कृषि कोस स्थापना गरिने उल्लेख गरिएको छ । कृषि व्यवसाय प्रबर्द्धन कोष स्थापना गरी कृषिको आधुनिकिकरण,यान्त्रिकरण र व्यवसायिकिकरण गर्न अनुदान र प्रोत्साहनको व्यवस्था गरिने जनाईएको छ ।कोषबाट कृषिमा हुने सक्ने प्रकोप व्यवस्थापना गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमले स्थानीय मौलिक बालिहरु पहिचान गरि तिनिहरुको संरक्षण र उत्पादनमा जोड दिने, कोभिड १९ का कारण रोजगारी गुमेका,व्यवसाय बन्द भएका,तथा विदेशबाट घर फर्किएका युवाहरुको मागको आधारमा कृषिकर्मकालागि अनुदान दिने ,युवा लक्षित नमूना पशुपालक कृषकलाई अनुदान,अदुवा ,अलैंची प्रशोधन केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमले गाउँपालिका भित्रका पर्यटकिय क्षेत्र, धार्मिक क्षेत्रहरुको संरक्षण र प्रबर्द्धनको लागि आधारभुत पूर्वाधारहरु निर्माणकालागि प्राथमिकता दिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुवेदीले बताउनुभयो । गाउँसभामा अध्यक्ष रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पर्यटकिय क्षेत्रहरु पुग्ने न्यूनतम सुविधायुक्त सडकहरु निर्माण कार्यलाई समेत प्राथमिकता दिईएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |