२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाको नवौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यक्रम अघि सारेको छ । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारी विद्यालयहरुमा अङ्गे्रजी माध्यमको पुस्तक पुर्ण रुपमा निशुल्क उपलब्ध गराउने भएको छ ।
सरकारी विद्यालयमा समेत अङ्गे्रजी माध्यमबाट पठन पाठन हुदै आएका विद्यालयहरुमा यस कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने अनुमान गरिएको छ । यसले सामुदायिक विद्यालयमा विद्यार्थीको थप आकर्षण बढाउने साथै कार्यक्रम मार्फत विद्यार्थीहरुमा निशुल्क पाठ्यपुस्तकको वास्तविक प्रत्याभुती हुने विश्वास लिईएको छ ।
यसै गरि नगरको समग्र विकासको लागि नगर शिक्षा विकास रणनीति तयार गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्राविधिक शिक्षालाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।
अति विपन्न अवस्थाका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हने अवस्था आउन नदिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमले मुसहर समुदायका विद्यार्थीका लागि निशुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |