२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती नगरपालिकाको नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमले युवाहरुको क्षमता विकासमा जोड दिएको छ । उनिहरुको क्षमता विकास गरि रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा युवाहरुमा बढ्दो दुव्र्यसनी रोक्न सचेतनामुलक कार्यक्रम तथा सकारात्मक सोच विकासकालागि ‘म अघि बढ्छु’ कार्यक्रम संचालन गरिने बताउनुभयो ।
खेलकुदको विकासकालागि हरेक वडामा खेलमैदान निर्माणमा समेत नीति तथा कार्यक्रमले जोड दिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलता अभियानलाई निरन्तरता दिईने उल्लेख गरिएको छ । लैङ्गिक तथा यौन हिंसामा परेका महिलाहरुको उद्धार संरक्षणको लागि अल्पकालीन आश्रय स्थल संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शून्य बालविवाहा नगरपालिका बनाउन जनचेतनाका कार्यहरु गर्ने, बाल मैत्री नगरपालिका निर्माणका सूचकमा केन्द्रित रहि कार्यहरु गर्ने, थारु जातिमा बंशाणुगत रुपमा देखा परेको सिकलसेल एनिमिया रोगको विरुद्ध जनचेतनाका कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |