२०८० आश्विन १४, आईतबार
कावासोती ।कावासोती नगरपालिकाको नवौं नगरसभाले सुत्केरी आमा र बच्चाको स्वास्थ्य सुधारकालागि ‘घरमा सुन्य सुत्केरी’ कार्यक्रम संचालन गर्ने भएको छ ।
समुदायमा सुरक्षित सुत्केरी सम्बन्धी चेतना अभिवृद्धि गर्न तथा संस्थागत डेलिभरी संख्या वृद्धि गरि आमा र बच्चाको स्वास्थ्य सुधार गर्न घरमा सुन्य सुत्केरी कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आमा स्वास्थ्य कार्यक्रम तथा महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
नवौं नगरसभामा उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जेष्ठ नागरिकको सम्मानमा एक वडा एक जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सम्वर्धन कार्यक्रमको सुरुवात गरिने जनाईएको छ ।
जेष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परिक्षण गर्ने र आवश्यक मनोसामाजिक परामर्शको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |