२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाको नवौं नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रमले नगरका गौरवका आयोजनाहरु सम्पन्न गर्न प्राथमिकता दिएको छ । श्रोतको व्यवस्थापन गरि गौरवका आयोजना सम्पन्न गर्नकालागि निरन्तरता दिईएको छ ।
उप प्रमुख एवं सभाअध्यक्ष पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा नगरपालिका भित्र रहेका सार्वजनिक ,सरकारी प्रती जग्गाको संरक्षणलाई समेत जोड दिईएको छ । त्यस्ता जग्गाको लगत संकलन गरिन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भूमिहिन सकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरी जग्गा धनी पुर्जा वितरणको कार्य गरिने समेत नीति लिईएको छ ।
नदि तथा खोला नियन्त्रण, पूर्ण विद्युतिकरण नगरपाकिला घोषणा गर्न विद्युतिकरण हुन बाँकी सबै घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच, खानेपानीको प्रभावकारी व्यवस्थापन, नगर भित्रका सबै सडक यथासम्भव न्यूनतम ६ मिटर कायम गराउने, सम्भव नभएका सडकहरुमा मोजाइक टाइल,ढलान आदिगर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
दिगो विकासको सिद्धान्तमा आधारित भई आवाधि योजनाको साथै क्षेत्रगत योजनाहरु तयार गर्ने, नगरपालिकाबाट कार्यान्वयन हुने तथा अन्य सरकारहरुसँगको सहकार्यमा सञ्चालन हुने गरी योजना बैंक निर्माण गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |