२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाको नवौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरको आर्थिक विकासकालागि कृषिलाई प्राथमिकता दिएको छ । कावासोती नगरपालिकाको आर्थिक विकासको प्रमुख आयामका रुपमा कृषि ,पर्यटन, र प्राकृतिक श्रोत साधन भएकोले यसैमा केन्द्रित रहेज नीति तथा कार्यक्रम ल्याइएको छ ।
कृषि र पशुजन्य उत्पादनमा जोड दिन कृषि तथा पशुपालन नीति बनाई कृषकको सूचिकरण र वर्षिकरण गरि गुणस्तरीय कृषि र पशुजन्य उत्पादन गर्न जोड दिएको छ ।
नगरसभामा उप प्रमुख एवं सभाअध्यक्ष पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषकहरुको सहताकालागि कृषि र पशु प्रयोगशाला सरुवात गर्ने, प्रतिफलमा आधारित दुधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
पशु जन्य दुध,मासु र अण्डाको स्वच्छ र स्वस्थ उत्पादनकालागि जोड दिएको छ । नीति तथा कार्यक्रमले कोरोना पिडित भएका व्यवसायिक कृषहरुलाई पुर्नस्थापना गर्न उन्नत विउविजन वितरण, कृषिमा यान्त्रीकरण र कृषकको अर्गानिक तरकारी खेती प्रति चासो बढाउने कार्यक्रममा जोड दिएको छ ।
कृषि तथा बाख्रा पकेट क्षेत्र कार्यक्रम, व्यवसायिक माछा पालन, मौरिपालनकालागि नीति तथा कार्यक्रमले जोड दिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रमले पर्यापर्यटन, जल पर्यटन, होम स्टे संचालनमा सहयोग र प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरि स्वरोजगारबनाउने लक्ष्य लिएको छ ।
प्याराग्लाईडिङका लागि आवश्यक पुर्वाधार निर्माण गर्ने, प्याराग्लाईडिङको संचालनकालागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |