२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकाले आगार्मी आर्थिक वर्षका लागि ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको पाँचौ गाउँसमाभा आगामि आर्थिक वर्षकालागि उपाध्यक्ष मायादेवी श्रेष्ठले सो रकम बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षकाको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभामा अध्यक्ष दुर्गा बहादुर रानाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कोभिड महामारी नियन्त्रणलाई जोड दिएको छ । यसको रोकथाम तथा न्यूनिकरणकालागि कोभिड अस्पताल र सबै संस्थाहरुको क्षमता विकासमा जोड दिईएको छ ।
व्यवसायीक कृषि लाई नीति तथा कार्यक्रमले जोड दिएको छ । व्यवसायिक तरकारी, फलफुल खेती तथा पशुपालन मार्फत रोजगारी शिर्जनामा नीति तथा कार्यक्रम केन्द्रित रहेको छ ।
नीति तथा कार्यक्रमले गाउँपालिका भित्र पर्यटन प्रर्वद्धन,धार्मिक तथा सास्कृतिक र प्राकृतिक सम्पदाको विकास र प्रर्वद्धनमा समेत जोड दिएको छ ।
गाउँपालिका भित्रका सडकहरु सबै मौसममा चल्ने गरि सडक मर्मत,निर्माण र स्तरोन्नती गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिका भित्र १५ शैयाको अस्पताल र गाउँपालिकाको प्रशासनिक भवन निर्माणको थालनी गर्ने ,सबै वडा कार्यालहरु निर्माण सम्पन्न गर्ने लक्ष्य नीति तथा कार्यक्रमले लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |