२०८० आश्विन १४, आईतबार
कावासोती । पूर्वी नवलपरासीको दुवचुली नगरपालिका वडा नं ९ ले प्रतेक घरधुरीलाई एभोकाडो फलको बीरुवा वितरण गरेको छ ।
बुधबार वडा अध्यक्ष मेघ बहादुर सारुले उक्त कार्यक्रमको सुरुआत गर्नुभएको हो । अध्यक्ष सारुले खगराज कंडेल र टिकाराम भुषाललाई एभोकाडोको बीरुवा हस्तन्तरण गर्दै कार्यक्रम सुरु गर्नुभएको हो । बुधबार र बिहीबार गरेर दुईदिनसम्म सबै घरमा बीरुवा वितरण गरेर सकिने अध्यक्ष सारुले जानकारी दिनुभयो ।
एक घरलाई दुई वटाका दरले एभोकाडोको बीरुवा वितरण गरिएको छ । वडा कार्यालयको एक लाख रुपिँया र कृषि शाखाको दुई लाख रुपिँया गरेर तिन लाख रुपिँयाको लागतमा बीरुवा वितरण गरिएको सारुले बताउनुभयो । वडाभित्रका करीब ८५० घरलाई लक्षित गरेर बीरुवा वितरण गरिने छ । एभोकाडो फल बस्तोसुकै बिरामीले पनि खान हुने , स्वास्थ्यका लागि धेरै राम्रो हुने भएकाले यस फलको बीरुवा वितरण गरिएको अध्यक्ष सारुले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |