२०८० मंसिर १६, शनिबार
‘लो भोल्टेजको समस्या कायमै’
कावासोती ।गर्मिको समयमा विद्युतको माग धेरै हुने हुँदा घरका फ्रिज, पंखानै नचल्ने समस्या धेरै जसो स्थानीयले भोग्दै आएकाछन् । बिजुलीको भोल्टेज कम हुँदा यस्ता समस्या देखिने गरेका छन् । तर यही अवस्थाको सुधारकालागि विद्युत वितरण केन्द्र कावासोती शाखाले एक वर्षमा करिब ८० वटा नयाँ ट्रान्सफर्मर जडान गरेको छ । जसमध्य नयाँ स्थानमा लाइन विस्तार गरि तीसवटा जति ट्रान्सफर्मर जडान गरिएको शाखाका प्रमुख मधुसुधन यादवले बताउनुभयो ।
शाखाले भोल्टेजका समस्या देखिएका स्थानमा सुधारकालागि काम गरिरहेको भएपनी अझै धेरै स्थानमा काम गर्नुपर्ने देखिएको प्रमुख यादवले बताउनुभयो । पहिले विद्युत विस्तार गर्ने भन्दै दुई लाईन मात्रै तार टाँगेका कारण समेत अहिले समस्या देखिएको उहाँले बताउनुभयो ।
भोल्टेज कम भएको गुनासो गर्मि मौसममा धेरै आउने गरेको उहाँले बताउनुभयो । जाडो मौसममा गुनासो नआउने र गर्मीमा एकै पटक धेरै स्थानमा सुधारगर्नुपर्ने माग हुदा काम गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले समस्या हुने ठाउँमा जाडो मौसममानै गुनासो गरे बनाउन कम चाँप पर्ने बताउनुभयो । गर्मिमा स्वभाविक रुपमा विद्युतको माग धेरै हुने हुदा लो भोल्टेजको समस्या हुने उहाँले बताउनुभयो । तर पनि कार्यालयबाट सुधारका लागि प्रयास भइरहेको प्रमुख यादवले बताउनुभयो ।
नवलपुरमा १३ प्रतिशत विद्युत चुहावट
नवलपुरमा १३ प्रतिशतको हाराहारीमा विद्युत चुहावट हुने गरेको छ । शाखा प्रमुख यादवका अनुसार प्राविधिक चुहावट, कहिँकतै चोरी,लकडाउने समयमा विद्युत रिडिङ्ग गर्न नसक्दा चुहावट १३ प्रतिशत पुगेको उहाँले बताउनुभयो । शाखा प्रमुख यादवका अनुसार अहिले पहिले जस्तो घरयासी प्रयोजनकालागि विद्युत चोरी गर्ने भने कम भएको छ । चुहावट प्रतिशत न्यूनिकरणकालागि आफुहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लामा २० मेघावाट विद्युत उपभोग
नवलपुरमा अहिले बिजुलीको करिब २० मेघावट उपभोग हुने गरेको छ । घरयासी र औधोगिक प्रयोजन गरि हाल नवलपुरमा कुल २० मेघावाट विजुलीको उपभोग भईरहेको छ ।उद्योगहरु बिस्तारका क्रममा रहेकाले थप विद्युतको माग हुन सक्ने भएकाले विद्युत सबस्टेशन थप गर्न लागिएको छ । दुम्किबासमा सवस्टेशन निर्माणकोलागि माग गरिएको र प्रक्रिया अगाडी बढेको शाखा प्रमुख यादवले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |