२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिकाले एक सूचना जारी गर्दै प्राकृतिक प्रकोप जुनसुकै बेला आउन सक्ने भन्दै सचेत रहेन गाउँपालिकाबासीमा अनुरोध गरेको छ ।
बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले बर्षाको कारणले श्रृजना हुनसक्ने बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरु जुनसुकै समयमा आउने सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो ।
गाउँपालिकाले कुनै समस्या भएमा नजिकको वडा कार्यालय , इलाका प्रहरी कार्यालय डेढगाउँ वा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण गाउँपालिका भित्रका विभिन्न वस्ती, खानेपानी आयोजना, सिँचाई, भवनहरु लगाएत सबै सडकहरुमा गम्भीर क्षती पुर्याएको सडक अवरुद्ध भएकाले यस्तो विषम परिस्थितिमा सम्पूर्ण गाउँपालिकाबासीहरुलाई धैर्यतापूर्वक सेचेततासहित रहन गाउँपालिकाले अनुरोध गरेको छ ।
विपदका कारणले क्षति पुर्याएका पुल, सडक लगाएतका सबै संरचनाहरुको पुनःस्थापना र पुननिर्माणको लागि सम्बन्धीत निकायमा समन्वय भईरहेको साथै वडा वडा तहबाट विवरण संकलनको काम भईरहेको गाउँपालिकाले जनाएको छ ।
राहत,पुनस्थापना र पुनर्निमाणको लागि गाउँपालिका प्रतिवद्ध रहेको समेत जारी सूचनामा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |