२०८० आश्विन १५, सोमबार
कावासोती । विपद व्यवस्थापन सहयोगि समितिले सशस्त्र प्रहरी बल नवलपुरलाई उद्धार सामाग्री हस्तान्तरण गरेको छ । समितिले बिहिबार सशस्त्र प्रहरी बल नवलपुरलाई पाँच थान (टियुव) हस्तान्तरण गरेको हो ।
वर्षा संगै बाढी र डुबानका घटना घट्न सक्ने हुदा त्यस्तो समयमा उद्धारकालागि आवश्यक पर्ने सामाग्री प्रदान गरिएको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो । अध्यक्ष गिरीले उद्धार सामाग्री सशस्त्र प्रहरी बल नवलपुरका डिएसपी बीरभन्द्र नाथलाई हस्तान्तरण गर्नुभएको हो ।
सामाग्री ग्रहण गर्दै डिएसपी बीरभन्द्र नाथज्यूले चोरमार ,थुम्सी सहित सशस्त्र क्याम्पहरुमा यी उद्धार सामाग्री राखिने बताउनुभयो । हेर्दा सानै भएपनी विपदका समयमा यस्ता उद्धार सामाग्रीले ठुलो सहयोग पुर्याउने भन्दै सामाग्री हस्तान्तरण गरेकोमा विपद व्यवस्थापन सहयोगि समितिलाई धन्यवाद दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सचिव आनन्द श्रेष्ठ, समितिका सदस्यहरु वेद प्रसाद न्यौपाने, भोजराज दाहाल, चन्द्र रानाभाट लगाएको उपस्थिती रहेको थियो ।
विपद व्यवस्थापन सहयोगि समिति नवलपुरले कोरोनाको दोश्रो लहरसंगै अक्सिजनको व्यवस्थापन, स्वास्थ्य सामाग्री प्रदान लगाएतका कामहरु गर्दै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |