२०८० आश्विन १४, आईतबार
कावासोती। पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. १ र २ जोड्ने बौदीखोलामामा आएको बढीले पक्की पुल बाढीले बगाएको छ ।
बौदीखोलामा आएको बाढीले ढलान गर्न तयारी अवस्थामा रहेको निर्माणाधीन पक्की पुल बगाएको हो । वडा नं. २ का अध्यक्ष बालप्रसाद ठाडाले दिनुभएको जानकारी अनुसार उक्त पुल मंगलबार ढलान गर्ने भनी सबै तयारी गरिएको थियो । ३५ मिटर लामो उक्त पुल गत फागुन महिनामा गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभएको थियो ।
गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा पुल निर्माण भइरहेको थियो । ढलानको काम मात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको हो । वडा अध्यक्ष ठाडाका अनुसार करीब ९० लाख रुपिँयाको क्षती भएको छ । बौदीकालीकै डेढगाउँ र तनहुँ जोड्ने कालीगण्डकी नदीको पक्की पुल पनि बाढीले बगाएको छ ।
यस्तै पुल बगाएर खोलाको बीचमा हुँदा पानी ताल परेर वडा नं. १ को मिथुकरमको सेरा भन्ने स्थानमा रहेको करीब ५ बिघा क्षेत्रफल खेत बगाएको छ । बाढी पसेर खेत सबै कटान गरेर बगर बनाएको अध्यक्ष ठाडाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |