२०८० आश्विन ५, शुक्रबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण तयारी अवस्थामा रहेको एक सय पचास बिघाको धान नष्ट भएको छ ।
वगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मि आधारभुत विद्यालय वगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो ।
धेरै जसोले चैतेधान काटेर राखेका थिए । काटेर खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगाएको शिक्षक विकले बताउनुभयो ।
यस्तै बाढीले वगुवनमा रहेका लक्ष्मि आधाभुत विद्यालय सहित वाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् ।
बाढीले घर डुबानमा परेपछी घरका बासिन्दा सहित ,खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो ।
तिन तिरबाट विनयी र नारायणी नदिले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तीत बनेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |