२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाले मौरी पालक किसानलाई मौरी घार लगाएतका सामाग्री बितरण गरेको छ । नगरपालिकाले मौरी पालनलाई प्रोत्साहन गर्नकालागि किसानहरुलाई घार , झुल, मैन ,महदानी लगाएतका सामाग्री बितरण गरेको कृषि तथा पशुपन्छि विकास शाखा कावासोतीका प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।
नगरपालिका भित्रका बिभिन्न वडाका १९ जना किसानलाई एक सय ४० वटा मौरीको घार, १० वटा झुल, महदानी २ वटा, आधार चाका दुई सय केजी प्रदान गरिएको प्रमुख पौडेलले बताउनुभयो ।
मौरी पटेक विकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा मौरीजन्य सामाग्री बितरण गरिएको प्रमुख पौडेलले बताउनुभयो । मौरी पालनलाई प्रोत्साहन गर्दै महको उत्पादन बढाउन सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो । किसानहरुलाई कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनीय थारुले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
समाग्री हस्तान्तर गर्दै उप प्रमुख मर्दनीय थारुले कावासोती नगरपालिकाले नगर भित्र कृषि र पशुपालनको विकासकालागि निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |