२०८० आश्विन १४, आईतबार
कावासोती । असल छिमेकी नेपालले क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे ) नवलपुरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
७५० वटा सर्जिकल मास्क , एक ग्यालिन सेनिटाईजर र १०० वटा पञ्जा (स्वास्थ्य सामाग्री ) असल छिमेकी नेपालकी ओम कुमारी लुङगेली थापाले क्रियाशील पत्रकार महिला (डब्लु डब्लु जे ) नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीलाई सोमबार हस्तन्तरण गर्नुभएको हो ।
महामारीको समयमा पनि सुचना प्रवाहमा अग्रपङतीमा रहेर काम गरेका महिलाहरुका लागि केही भए पनि सहयोग होस् भन्ने उदेश्यले संस्थाले सहयोग गरेको असल छिमेकी नेपाल नवलपरासी एरिया इन्र्चाज पुरन सोतीले बताउनुभयो । आगामी दिनमा समेत सहयोग र सहकार्य गर्ने उहाँको भनाई छ ।
यसैगरि कावासोती नगरपालिकाले पनि ५०० वटा सर्जिकल मास्क र ३० डब्बा सेनिटाईजर सहयोग गरेको छ । नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले संस्थाकी कोषाध्यक्ष किनाक्षी कंडेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |