२०८० आश्विन १४, आईतबार
कावासोती । असल छिमेकी नेपालले नवलपुर जिल्लाका बिपन्न तथा अपांगता भएका २ सय घरपरिवारलाई राहत बितरण गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारीको कारण रोजगारी गुमाएर बिहान बेलुका छाक र्टान समस्या भएका जिल्लाका दुइ सय घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको हो । मध्यविन्दु नगरपालिकाका एक सय जना र कावासाति नगरपालिकाका एक सय जना गरि दुइ सय घरपरिवारलाई खाद्यन्न बितरण गरेको छ । पालिकाको बिपत व्यबस्थापन समितिको अनुमती र कार्य क्षेत्र तोकिएका वडाहरुको समन्वयमा प्रतिकुल समयमा राहत बितरण गरेको नवलपरासीको एरिया इन्र्चाज पुर्न सोतीले जानकारी दिनुभयो ।
शुक्रबार मध्यविन्दु नगरपालिकाको वडा नं ५ का ५० जना , २ का ४० जना , ९ को १० जना गरि एक सय जनालाई राहत बितरण गरिएको उहाले बताउनुभएको छ ।
राहतको एक प्याकेजमा २५ केजी चामल, २ लि.तेल , २ पिस लुगाधुने साबुन, ५ केजी आटा, २ पिस नुहाउने साबुन, १ के जी चिनी, एक प्याकेट चिया पत्ति , क्वाटी एक केजी र चिउरा एक केजी बितरण गरिएको थियो । दुइ सय परिवारलाई करिब तिन लाख पैतिस हजार एक रुपैया बराबरको राहत सामाग्री प्रदान गरिएको हो । उक्त राहत हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चन्द्र वहादुर राना नगर उपप्रमुख ओमकुमारी महत्तोको सहित वडाअध्यक्षहरुको समेत उपस्थीति रहेको थियो ।
त्यस्तै स्वाथ्य तथा सुरक्षा सामाग्री समेत नगरपालिकामा स्थापना गरिएको आइसोलेशन सेन्टरलाई प्रदान गरिएको सोतीले बताउनुभएको छ ।
राहत र स्वाथ्य तथा सुरक्षा सामाग्री सहित एउटा पालिकालाई करिब ३ लाख ९३ हजार सात सय ९७ बराबरको सामाग्री उपल्व्ध गराइएको हो ।
कवासोती नगरपालिकाका वडा न १५ का ४५ घरपरिवार र १७ नम्वर वडाका ५५ घर परिवार गरि एक सय जना बिपन्न तथा अपांगता भएको घरपरिवारलाई सामाग्री हस्तान्तरण गरिएको सोतीले बताउनुभयो ।
असल छिमेकी नेपालले बिगत १२ बर्षदेखी नवलपरासीमा आफ्नो कार्य क्षेत्र बनाएर कार्यक्रमहरु गर्दै आएको छ । यस सस्थाले बिशेषत सामुदायिक बिकास, जिवीको पार्जन स्वाथ्य शिक्षा बाल संरक्षण र भोकेश्नल ट्रेनिगंहरु गर्दै आएको एरिया इन्र्चाज सोतीले बताउनुभयो ।
कोरोना भाइरसले आक्रान्त बनाएको बेला र सरकारले समेत निषेधाज्ञा जारी गरेको समयमा दैनिक ज्याला मजदुरी गर्नेलाई निकै नै मर्का परेको भन्दै सोतीले यसले केहि समयको लागि राहत हुने बिश्वास व्यक्त गर्नुभयो । त्यस्तै आइसोलेशन सेन्टरहरुमा औषधी र सुरक्षा सामाग्रीको आवश्यक्ताहरुलाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको बताउनुभयो । यो समयमा बिपन्न र अपांगता भएका व्यक्तीहरुको समस्याहरुलाई मध्यनजर गर्दै राहतका सामाग्री बितरण गरेको भन्दै राहत प्राप्त गरेका घरपरिवारले धन्यवाद दिएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |