२०८० आश्विन ५, शुक्रबार
नवलपुर । राष्ट्रिय युवा संघ नेपाल नवलपुरले आज बिपन्न परिवारका २२ जना बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री हस्तान्त्रण गरेको छ । मध्यविन्दु नगरपालिकामा १ मा रहेको शान्ति आधारभुत बिद्यालयका २२ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । कोभिडबाट प्रभाबित भएर बिद्यालय जान नपाएको बालबालिकाहरुले घरमा नै बसेर पढाइ गर्नका लागि प्रोत्साहन मिलोस भन्ने उदेश्यले बितरण गरिएको युवा परिषद नेपाल नवलपुरका अध्यक्ष हिमालसिहं ठकुरीले बताउनुभयो । साथै आज मध्यविन्दु–१ कै ३ बिपन्न परिवारलाई खाद्यन्न समेत बितरण गरेको ठकुरीले बताउनुभयो। आजको कार्यक्रम युवा संघ नेपाल नवलपुरका अध्यक्ष कृष्ण कंडेल अध्यक्षता एबं नेकपा जिल्ला सचिबालय सदस्य भिमलाल अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य नेल्सन सुवेदी,साइबर सेना नवलपुर संयाेजक प्रबिन सापकाेटा लगायतकाे उपस्थित रहेकाेे थियाे ।
कार्यक्रमको सञ्चालन युवा परिषद नेपाल नवलपुरका अध्यक्ष हिमालसिहं ठकुरीले गर्नुभएको थियो । नवलपुर जिल्लाका बिभिन्न पालिकामा राष्ट्रिय युवा संघले राहातका कार्यक्रमहरु गर्दै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |