२०८० मंसिर १६, शनिबार
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लामिचौर सामुदायिक गल्फ क्लब स्थापना गरिएको छ ।
गल्फ खेलको विकास गरि पर्यटनसंग जोड्ने उदेश्यले यहाँका यूवा तथा सरोकारवाहरु मिलेर क्लबको स्थापना गरेका हुन् । कावासोती ७ साँढमा रहेको लामिचौर मध्यवर्ती सामुदायिक वनको चउरमा शनिबार गल्फ खेल्दै गल्फ खेल्दै खेलको सुरुआत समेत गरिएको छ ।
जिल्ला खेलकुद विकास समितीका सचिव धु्रव खनाल ( दिपेश) , युवा अभियान्ता नेत्र थनेत , लामिचौर होम स्टेका अध्यक्ष जिवन सापकोटा , मेजर कृष्ण सापकोटा , राजुसिंह गुरौ लगायतको पहलमा गल्फ क्लब स्थापना गरिएको छ ।
यहाँको सामुदायिक वन क्षेत्रमा पर्ने चउर विगत देखि नै खेल मैदानका रुपमा रहँदै आएको थियो । यहाँ अन्य विभिन्न खेलकुद सिक्ने , प्रतियोगिता गर्ने गरिएको थियो । यस चउर प्राकृतिक रुपमै गल्फ खेलका लागि उचित रहेकाले संस्थागत रुपमै गल्फ खेलको विकास गर्ने उदेश्यले सामुदायिक वनसंग समन्वय गरि गल्फ क्लब स्थापना गरिएको नेत्र थनेतले जानकारी दिनुभयो । गल्फ खेलका लागि आवश्यक पर्ने ( गल्फ कोर्ष) का रुपमा यस चउरलाई स्तर उन्नती गर्दै खेलको विकास गर्न नेपाल गल्फ क्लबसंग समन्वय गर्ने थनेतले बताउनुभयो । यहाँ लामिचौर सामुदायिक होम स्टे पनि स्थापना गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा यहाँ जंगल सफारी लगायतका विभिन्न पर्यटक लक्षित योजना बनाईएको छ । जसमध्ये केही नयाँ गरौँ भन्ने उदेश्यले गल्फ क्लब स्थापना गरिएको थनेतको भनाई छ । प्राकृतीक रुपमै गल्फ कोर्षका लागि उपयुक्त रहेका कारण पनि यस चउरलाई स्तर उन्नती गर्न सरोकारवाला सबैसंग समन्वय गरिने उहाँले बताउनुभयो ।
हप्ता ३ दिन बिहान ६ बजे शनिबार , मङ्गलबार र बिहिवार अभ्यास गरिने हुँदा इच्छुक सबैलाई सहभागि हुन समेत उहाँले आग्रह गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |