२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपरासी पूर्वद्धारा मध्यविन्दु जिल्ला अस्पताललाई सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार एसोसिएसन का जिल्ला अध्यक्ष भक्त बहादुर थापा, सचिव गंगा प्रसाद भट्टराई, कोषाध्यक्ष श्याम सुन्दर भण्डारी सह कोषाध्यक्ष मन बहादुर रानाभाट सदस्य मुरारी प्रसाद लम्साल, पूर्व सचिव शुक्लमान साँखी लगाएतको उपस्थितमा अस्पतालका मेसु डा. बीर बहादुर थापालाई २५ हजार रुपैया प्रदान गरिएको हो । एसोसिएसनले २५ हजार बराबरको चेक अस्पताललाई हस्तान्तरण गरेको हो ।
कोभिड १९ बिरुद्ध लड्न तथा अक्सिजन प्लान्ट सहित आवश्यक स्वास्थ्य उपचारका संरचना निर्माणका लागि रकम सहयोग गरिएको समतिका अध्यक्ष भक्त बहादुर थापाले बताउनुभयो ।सहयोग रकम बुझ्दै अस्पतालका मेसु डा. थापाले सहयोगकालागि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपरासी पूर्वलाई धन्यवाद दिनुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |