२०८० आश्विन ११, बिहिबार
नवलपुर ।नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिका स्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ ।
बुधबार बिहान ८ः ३०को समया उद्योग परिसर भित्रको सिजि बु्रअरीमा लागेको आगो करिब ५ घण्टामा पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।
नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका ७ वटा दमकल ,नेपाली सेना, सशस्त्र , नेपाल प्रहरी सहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
सिजि बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रकालागि गोदम घरका भित्ताहरु समेत भत्काइएको थियो । आगो नियन्त्रणमा लिन र बढदै गएर कम्पनीको प्लान्ट भएको क्षेत्रमा नपुगोस भनेर गोदाम घरको भित्ताहरु समेत भत्काएर आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
आगलागीबाट तयारी अवस्थामा रहेको बियर, अन्य पेय पदार्थ, उत्पादनकालागि राखिएका कच्चा पदार्थ लगाएतका सामाग्रिमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट के कती क्षती भयो भन्ने एकिन बिवरण भने अझै नआएको प्रहरी नायव उपरीक्ष गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |