२०८० आश्विन ५, शुक्रबार
चोरमारा । नवलपरासी पूर्व नवलपुरको हुप्सेकोट गाउँपालिका–२ गुहेरीबाट एक थान भरुवा बन्दुक बरामद भएको छ । आइतबार बिहान जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गस्ती टोलिले बाटोको छेउमा लुकाएर राखिएको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरेको डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
सो क्षेत्रमा बन्दुकहरु प्रयोग हुने गरेको भन्ने सुचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो । बेवारिशे अवस्थामा फेला परेको उक्त बन्दुक प्रहरीको गस्ती टोलि देखिपछि लुकाएर गएको हुन सक्ने उहाँले बताउनुभयो । सो सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
लोड गरिएको अवस्थामा फेला परेको उक्त बन्दुकमा बारुद मात्रै रहेको र छर्राभने नभएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |