२०८० मंसिर २०, बुधबार
कावासोती । नेपाल पत्रकार महासंघ नवलपरासी पूर्व नवलपुर शाखाले कोभिड संक्रमित पत्रकारलाई सहयोग प्रदान गरेको छ । पत्रकार महासंघ नवलपुर शाखाले निर्माण गरेको पत्रकार कल्याण कोष मार्फत जिल्लामा माहासंघमा आवद्ध कोभिड संक्रमित तीन जना पत्रकारलाई सहयोग प्रदान गरेको हो ।
नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुली, कोष परिचालन समितिका संयोजक नविन पौडेल, विष्णु गौडेल, दयाराम आचार्य ,धनु भुषाल सहितको टोलीले संक्रमित पत्रकारलाई सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो । कोष परिचालन समितिको बैठकको निर्णय अनुसार तीन जना सदस्यलाई जनही रु. ५ हजार प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तर गरिएको संयोजक पौडेलले बताउनुभयो ।
पत्रकारलाई भईपरि आउने जोखिम, दुर्घटना, विपदमा सहयोग गर्ने उद्येश्यले नेपाल पत्रकार महासंघ नवलपरासी पूर्व नवलपुर शाखाले पहिलो पटक कोषको स्थापना गरेको महासंघ अध्यक्ष पराजुलीले बताउनुभयो । महासंघले कार्यवीधि निर्माण गरि सोमबारनै कार्यसमितिको बैठकबाट पास गरेको अध्यक्ष पराजुलीले बताउनुभयो । कार्यवीधि पारित भए लगतै कोषका बिभिन्न सहयोगी दाताहरुबाट प्राप्त रकम मार्फत कोभिड संक्रमित पत्रकारलाई सहयोग उपलब्ध गराईएको हो ।
कोष स्थापना संगै यसमा सहयोग रकम समेत जुटीरहेको कोष परिचाल समितिका संयोजक पौडेलले बताउनुभयो । सोमबार कोषमा पत्रकार महासंघका जिल्ला कार्यसमित सदस्य अर्जुन अविरलले आफ्नो जन्मदिनको अवशरमा रु. ४ हजार ४४४ प्रदान गर्नु भएको छ । आइतबार मात्रै कोषमा शाखाका कार्यसमिति सदस्य दयाराम आचार्यले आफ्नो जन्मदिनको अवशरमा रु. ५ हजार १०० प्रदान गर्नुभएको थियो । यस अघि समेत कोषमा बिभिन्न व्यक्तीहरुबाट सहयोग रकम प्राप्त हुदै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |