२०८० आश्विन ५, शुक्रबार
कावासोती । कोभिड १९ को महामारीसंगै नवलपुरमा सिर्जना भएको अक्सिजन सिलिण्डर ,रगतको अभाव हटाउन स्थापना भएको विपद व्यवस्थापन सहयोगि समितिले निरन्तर रुपमा कार्य बढाईरहेको छ ।
समितिले जिल्लामा अक्सिजनको अभाव नहोस भनेर त्यसकालागि आवश्यपर्ने सिलिण्डर संकलन कार्यलाई सुरुका दिनमा अगाडी बढाएको थियो । जस मध्य संकलन गरिएका सिलिण्डर एकद्धारा प्रणाली अनुसार अस्पताललाई बितरण गर्ने जनाएपछी प्रशासन मार्फत सिलिन्डर हस्तान्तरण समेत गरेको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।
अध्यक्ष गिरीका अनुसार अहिले जिल्ला अस्पताललाई आवश्यक पर्ने सिलिन्डर समितिले रिफिल गरिने दिने जनाईएको छ । कोभिडको यो माहामारीमा खटिएका स्वास्थ्यकर्मीको जिवन रक्षाकालागि पिपिई सहितका आवश्यक स्वास्थ्य सामाग्रि खरिद गरि यहाँका अस्पतालहरुलाई हस्तान्तरण गर्ने तयारी गरिएको अध्यक्ष गिरीले बताउनुभयो । उहाँका अनुसार रगतको लागि समेत समतिले रक्तदाताहरुलाई तयारी अवस्थामा राखेको छ ।
यसै बिच विपद व्यवस्थापन सहयोगि समितिलाई विभिन्न सहयोगि मनहरुले सहयोग गर्ने क्रम समेत चलिरहेको छ । पछिल्लो पटक व्यवसायी रिभर कुमार श्रेष्ठको नेतृत्वमा नवलपुर क्रसर उद्योग देवचुली १३ बाट २५ हजार, कालिका क्रसर उद्योगबाट २५ हजार, त्रिशक्ति क्रसर उद्योगबाट २५ हजार,मनकामना क्रसर उद्योगबाट २५ हजार प्राप्त भएको समितिका सचिव आनन्द श्रेष्ठले बताउनुभयो । यस्तै कावासोती १६ निवासी युवराज अर्यालबाट ३ हजार , प्रगती नगर चर्चबाट रु. १ लाख पचास हजार, भुपु विद्यार्थी मिलन केन्द्र डण्डाबाट ५हजार ५५५ प्राप्त भएको उहाँले बताउनुभयो । यस्तै कुमारवर्ती निर्माण सेवा संस्थाबाट १० हजार १ सय सहयोग प्राप्त भएको छ ।
समितिमा सहयोग गर्ने क्रम जारी रहेकाले सहयोगि सबैमा धन्यवाद दिदै थप आवश्यक सहयोगका लागि कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेले अन्य सहयोगि दातालाई समेत अनुरोध गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |