२०८० आश्विन १४, आईतबार
कावासोती । कोभिड – १९ संक्रमणका कारण प्रभावित बनेका विपन्न र अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
कावासोती नगरपालिका १२ स्थीत पिठौली बिपद व्यवस्थापन युवा अभियान र राष्ट्रिय युवा परिषद नेपाल नगर युवा संजालले वडाभित्रका पुर्वटोल,मन्दिरटोल र गैरी मा रहनुभएका विपन्न र अशक्त १० परिवारलाई खाद्यान्न वितरण गरेको अभियानका सामाजिक जिवन सापकोटाले जानकारी दिनुभयो । वडाभित्र छोराछोरी समेतले नहेरेका अशक्त र दैनिक मजदुरी गरेर खाने विपन्न परिवारलाई प्रति परिवार ५ किलो चामल , एक किलो दाल , एक पोका तेल , एक पोका नुन , साबुन दुईवटा , सेनिटाईज र मास्क वितरण गरिएको सापकोटाले बताउनुभयो । साथै सापकोटाले कोभिडबाट बच्न के कस्ता सावधानी अप्नाउने भन्ने बारेमा स्वास्थ्य परामर्श समेत प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय युवा सञ्जालको पहलमा वडामा गठित पिठौली बिपद व्यवस्थापन युवा अभियानले विपन्न परिवारलाई राहत उपलब्ध गराउन स्थानीय सामाजिक व्यक्तीत्वहरुसंग सहयोग संकलन गरेर अभियानलाई निरन्तरता दिएको छ ।
कोभिडले गर्दा दैनिक ज्यालामजदुरी गरेर छाक टार्ने विपन्न परिवार तथा अशक्त परिवार भोकभोकै बस्नुपर्ने बाध्यता रहेका कारण थारै भए पनि सहयोग गर्ने उदेश्यले युवाहरु मिलेर अभियान थालेको राष्ट्रिय युवा परिषद नेपाल नगर युवा संजालका खडकमान मानन्धरले बताउनुभयो । यस अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |