२०८० आश्विन १४, आईतबार
दुम्किबास । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी १ दुम्किबासमा दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दुम्किबास नजिकै बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो । कारमा सवार शाहा सहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो ।
नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उहाँ गृह जिल्लाबाट काठमाडौं जादै हुनुहुन्थ्यो ।
अहिले उहाँ दुम्कीबासको स्थानीय मेडिकलमा हुनुहुन्छ । दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा गर्नुभएका शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ । उहाँ विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्दै हुनुहुन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |