२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ । दलका नेता राजेन्द्र महतोले विहान ११ बजे दलको बैठक बोलाएका हुन् ।
राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिएको सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको महतोले जनाएका छन् ।
यद्यपी महतो दलको नेता चयन भएको उपेन्द्र यादव र बाबुराम भट्टराईले स्वीकार गरेको छैन । तर ठाकुरले भने महतो दलको नेता चयन भएको सूचना संघीय संसद सचिवालयलाई दिइसकेका छन् ।
जसपा संसदीय दलको बहुमत ठाकुर र महतो पक्षमा रहेको दावी गरिएको छ । सरकारले जसपाका अधिकांश माग पूरा गरेकाले वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनलाई साथ दिन आवश्यक नरहेको महतो पक्षको भनाइ छ ।
स्रोतका अनुसार धारा ७६,५ बमोजिमको सरकार गठनका लागि केपी ओलीलाई नै साथ दिने र त्यसपछि बहुमत नआएमा स्वतः संसद विघटन हुने आँकलन ठाकुर महतो पक्षको छ ।
ठाकुर-महतो र प्रधानमन्त्री केपी शर्मा अोलीबीच विहीवार राति अवेरसम्म छलफल भएको थियो । त्यस लगत्तै दुवै नेता राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |