२०८० आश्विन १२, शुक्रबार
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिड(बहिरंग सेवा) आज देखि बन्द हुने भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार बहिरंग सेवा आज गते देखि अर्को सूचना नहुदा सम्मका लागि बन्द हुने मध्यविन्दु–७ का वडा अध्यक्ष एवम् चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष अमृत ज्ञवालीले बताउनुभयो ।
स्वास्थ्य केन्द्रमा बहिरंग सेवा बन्द गरिए पनि आकस्मिक र प्रसुती सेवा भने बन्द नगरिने ज्ञवालीले बताउनुभयो । हाल चोरमारा प्राथमिक स्वास्थय केन्द्रमा अक्सिजन सहितको आइसोलेशन वार्ड तयार गरि कोरोना संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य केन्द्रमा हाल १० वेडको आइसोलेशन तयार छ । हाल स्वास्थ्य केन्द्रमा ६ जना कोभिड–१९ संक्रमित उपचाररत हुनुहुन्छ । इनडोर÷प्रसुती भवनमा रहेको ६ वटा वेडमा उहाँहरु उपचार भइरहेको छ । तत्काल कोभिड–१९ को उपचारको लागि आउनेहरुलाई अबको व्यवस्थापन कुरुवा भवनमा गर्नुपर्ने अवस्था रहेको छ ।
चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई २० वेडको आइसोलेशन तयार गर्ने गरि अहिले भवन निर्माणको काम तिब्रगतिमा भइरहेको छ । अबको केही दिन भित्र भवन निर्माणको काम सम्पन्न हुन साथ हाल माथिल्लो तलामा निर्माण हुदै गरेको कोठामा २० वेडको आइसोलेशन वार्ड राखिने अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
हाल स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरको उपलब्धता वेडको तुलनामा रहेको र ग्यास रिफिलको काम पनि दैनिक रुपमा भइरहेको ज्ञवालीले बताउनुभयो । अक्सिजनको दिगो व्यवस्थापनको लागि मध्यविन्दु नगरपालिकाले सहयोगी संस्था कोइकासंग कन्सन्टेटर खरिदको लागि अनुरोध गरेको छ । अन्य सामाग्रीहरु सहित कन्सन्टेटर खरिदको लागि कोइकाबाट चार लाख ५० सहयोग प्राप्त हुने र सो मध्यबाट दुई वटा पाँच लिटरको कन्सन्टेटर खरिदको प्रक्रिया अगाडी बढाएको ज्ञवालीले बताउनुभयो ।
पाँच लिटरको कन्सन्टेटरले पाइप मार्फत तिन जना सम्मलाई अक्सिजनको व्यवस्थापन गर्न सकिन्छ भने १० लिटरको कन्सन्टेटरले पाँच जनालाई अक्सिजनको व्यवस्थापन गर्न सकिन्छ । अक्सिजन उद्योगहरुमा बढ्दो चापलाई ध्यानमा राख्दै अहिले विभिन्न स्थानीय तहरुले कन्सेन्टेटर खरिद गरी सञ्चालनमा ल्याएका छन् ।
कोभिड–१९ विपद व्यवस्थापन सहयोगी समिति नवलपुरका सदस्य भिमलाल अधिकारीले सिलिण्डर अक्सिजनको राम्रो विकल्प कन्सन्टेटर हुने भन्दै स्थानीय तहले तत्काल त्यस तर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अधिकारीले नगरपालिका मार्फत तत्काल कन्सन्टेटर खरिद गर्दा अक्सिजनको व्यवस्थापनमा धेरै सहजता हुने स्वास्थ्य केन्द्रका अध्यक्ष ज्ञवालीलाई सुझाव दिनु भएको थियो ।
मध्यविन्दु नगरपालिकाले कोभिड–१९ को दोश्रो लहर शुरु हुन साथ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नतीको लागि काम थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बताउनुभयो । आइसोलेशन कक्ष निर्माण सहित आवश्यक स्वास्थ्य सामाग्री खरिदको लागि नगरपालिकाले ३५ लाख रुपैया विनीयोजन गरेर सो मार्फत दु्रतमार्गबाट खरिद प्रक्रिया अगाडी बढाएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |