२०८० आश्विन ५, शुक्रबार
कावासोती । एच.आइ.भि.संक्रमितहरुले नियमित सेवन गर्नुपर्ने एआरटि औषधी नवलपरासीका संक्रमितहरुलाई घरघरै पु¥याइएको छ ।
एआरटि सेन्टरमै पुगेर नियमित रुपमा सेवन गर्नुपर्ने औषधी बन्दाबन्दीका कारण सेन्टर पुग्न समस्या भएपछि संक्रमितलाई घरघरमै औषधी पु¥याइएको हो । कोरोनाका कारण अहिले जिल्लामा निषेधाज्ञा गरिएपछि संक्रमितलाई सेन्टर पुग्न समस्या भएको गुनासो आएकाले घरमै औषधी पु¥याइएको हो ।
नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा गरेर अहिले एआरटि सेवन गर्ने संक्रमितको संख्या ५५० जना रहेको लुम्बिनी पलसकी अध्यक्ष निर्मला पौडेलले जानकारी दिनुभयो । जिल्लामा एच.आइ.भि.संक्रमितको क्षेत्रमा काम गर्ने संस्था यहि एउटा मात्र छ । पूर्वी नवलपरासीमा ३०० जना र पश्चिम नवलपरासीमा २५० जना गरि ५५० जना संक्रमितलाई अहिले संस्थामा कार्यरत कर्मचारीहरुले घरघमै पुगेर औषधी वितरण गरेका छन् । पूर्वी नवलपरासीमा आश्था पाण्डे र राजु पोखरेल पश्चिम नवलपरासीमा रिता पौडेल र रामुरत साहानीले संक्रमितको घरघरै पुगेर औषधी वितरण गर्ने काम निरन्तर रुपमा गरिराखेका छन् ।
कोराना संक्रमण नहँुदाको सामान्य अवस्थामा संक्रमित आफै एआरटि सेन्टरमा पुगेर बढिमा एक महिनासम्मको औषधी ल्याउने गरेको भए पनि अहिलेको अवस्थालाई मध्यनजर गरि दुई महिनाका लागि औषधी उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।
संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा नियमित रुपमा फलोअफ गर्नुपर्ने भएकाले उनीहरुको अवस्था हेरि १५ दिनदेखि एक महिनासम्मको औषधी दिने गरेको भएपनि अहिले त्यो सम्भव नभएको उहाँको भनाई छ । औषधी सेवन गर्न हेलचेक्¥याईं गरे स्वास्थ्य अवस्था बिग्रने हुँदा संक्रमितलाई समय–समयमा पराशर्म गर्नुपर्ने आवश्यक रहको उहाँ बताउनुहुन्छ । एआरटि औषधी दिनहुँ नियमित खानैपर्छ नभएमा स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । ‘कतिपय संक्रमितले नियमित रुपमा औषधी सेवन गर्दैनन् । उनीहरुलाई परामर्शको खाँचो हुन्छ , त्यसैले पनि हामिले पन्ध्र दिन एक महिनामा बोलाएर सोधपुछ गर्ने गरेका थियौ तर , अहिलेको अवस्थामा त्यो सम्भव भएन ।’ पौडेलले भन्नुभयो । ‘अहिले औषधी छोड्न जाँदा स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गर्ने र आवश्यक परामर्श दिने गरेका छौ । ’
संस्था मार्फत् समय समयमा स्वास्थ्य सेवा र परामर्श प्रदान गर्ने कार्य गर्दै आएकोमा त्यो अहिले रोकिएको छ । मानसिक रुममा कमजोर कतिपय संक्रमितलाई नियमित परामर्श गरिरहनुपर्ने भएकाले त्यस्ता संक्रमितलाई प्रत्यक्ष भेटेर उनीहरुका कुरा बुझ्न अहिले असहज भएको पौडेलले बताउनुभयो । सामाजिक संञ्जाल र फोन मार्फत् परामर्श गर्ने र अन्य कुनै सामान्य खालका स्वास्थ्य समस्या देखिएमा औषधी पु¥याउने काम गर्दै आईरहेको पौडेलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |