२०८० आश्विन ५, शुक्रबार
डेढगाउँ।बालबालिकाको साथी नेपालले बौदीकाली गाउँपालिका लाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
बौदीकाली गाउँपालिका कार्य क्षेत्र रहेको महिला, बालबालिका र शिक्षा क्षेत्रमा सामाजिक काम गरिरहेको यस सामाजिक संस्थाले बौदीकाली गाउँपालिकामा रहेको १ अस्थायी कोभिड अस्पताल ,१ प्राथमिक स्वास्थ्य केन्द्र,४ स्वास्थ्य चौकी र २ सामुदायिक स्वास्थ्य इकाईका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो १
बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुबेदिलाई बालबालिकाको साथी नेपालका अध्यक्ष दिपेन्द्र बिश्वकर्मा र सचिब बिर बहादुर बिसीले उक्त स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नु भएको हो १ बौदीकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदिले यो विषम परिस्थितिमा बालबालिकाको साथी नेपालले पुर्याएको सहयोग को लागि धन्यवाद व्यक्त गर्दै प्राप्त स्वास्थ्य सुरक्षा सामाग्री स्वास्थ्य शाखा मार्फत स्वास्थ्य संस्थामा पुर्याईने बताउनु भयो १
संस्थाले सर्जिकल मास्क ४५ बट्टा , सेनिटाईजर ५ लिटर ९ ग्यालिन , पिपिई १५ थान, ग्लोभ्स १५ बट्टा र पल्सअक्सिमिटर ९ थान हस्तान्तरण गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |