२०८० आश्विन १४, आईतबार
नवलपुर ।कोभिड १९को दोश्रो लहर चलिरहदा नवलपुरमा जेठ २ गते सम्म एक हजार ५९१ जना संक्रमित भएका छन् । वैशाख १ गते देखी यता यो संख्यामा कोरोना संक्रमित भएका हुन् । पछिल्ला दिनहरुमा कोभिडको जाँच बढाईदै लगेकाले संक्रमितको संख्या अझै केही समय उकालो लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।
यो संगै जिल्लामा कोरोना जित्नेको संख्या समेत क्रमश बढदै जाने उहाँले बताउनुभयो । वैशाख १ गते यता मात्रै ४ सय ९५ जनाले कोराना जितेका छन् । यो अवधिमा कुल संक्रमितको संख्या एक हजार पाँच सय ९१ पुग्दा मृतको संख्या भने २१ रहेको छ । सामान्यतया संक्रमित पहिचान भएको १४ दिन वा अस्पतालमा उपचारका क्रममा लक्षण देखिन छाडेमा कोरोना नेगेटिभ भएको मानिने स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताउनुभयो ।
अहिले जाँच बढाउदै जादा दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमित देखिएकाले केही दिनमा क्रमश कोरोना जित्नेको संख्या समेत बढदै जाने उहाँले बताउनुभयो । ‘अहिले जाँच बढाईएको छ, केही समय सबै स्थानीय तहमा जाँच गर्दा कोरोना संक्रमित बढदै जान्छनै, तर थप नयाँ केश कम हुदै जादा पुराना केश १४ दिन कट्दा जित्नेको संख्या बढछ् ’ प्रमुख चापागाईले भन्नुभयो ।
जिल्लामा संक्रमितको संख्या १५ सय पुग्दा पुग्दा जटिल प्रकारका विरामी भने तुलनात्मक रुपमा कम भएको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय प्रमुख चापागाईका अनुसार अहिले पनि अस्तालमा ३५ देखी ४० जना कोभिडका संक्रमित रहेको उहाँले बताउनुभयो । यो संख्या २/३ सयबाट उकालो लाग्यो भने चुनौती हुने उहाँको भनाईछ । नवलपुरमा अहिले जिल्ला अस्पताल सहित स्थानीय तहहरुमा गरि करिब १ सय ४० वेड रहेको उहाँको भनाई छ ।
बन्द कडा रुपमा गरे संक्रमणको दर घट्दै जाने उहाँको भनाईछ । जोखिम कायमै रहेकाले उहाँले सबैलाई घर बाहिर ननिस्किन अनुरोध समेत गर्नुभयो । घरमा रहेका संक्रमितहरुलाई उहाँले खानपानमा ध्यान दिदै मानसिक रुपमा आत्मबल बढाएर बस्न अनुरोध गर्नुभयो । घरमा बस्दा जटिल समस्या देखिए नजिकको अस्पतालमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय प्रमुख चापागाईको अनुरोध छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |