२०८० आश्विन ५, शुक्रबार
कावासोती ।नवलपरासी पूर्व नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पताले अहिले कोभिड संक्रमितको उपचारमा लागेको छ । जिल्ला अस्पतालमा अहिले अक्सिजन आवश्यक पर्ने दैनिक सरदर ३० देखी ४० जना सम्म कोराना संक्रमितको उपचार भईरहेको छ । कोरोना संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन नदि जिल्ला प्रशासन सहित यहाँ स्थापना भएको विपद व्यवस्थापन सहयोगि समिति निरन्तर रुपमा लागि रहेको छ । खालि सिलिण्डरको अभाव हुनसक्ने भएपछी सुरुमा जिल्ला प्रहरी कार्यालयले आफै अक्सिजन सिलिण्डर संकलन गरेको थियो ।
यस्तै विपद व्यवस्थापन सहयोगि समितिले समेत करिब ५० वटा अक्सिजिन सिलिण्डर संकलन गरेको छ । संकलिन सिलिन्डरमा प्रशासनको सहयोगमा अक्सिजिन भर्ने काम भईरहेको छ ।
गैंडाकोटमा रहेको अक्सिजिन प्लान्ट संग समेत समन्व्य गरिएकाले अहिले अक्सिजिनको अभाव नहुने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।
कोभिड १९ व्यवस्थापन सहयागि समितिका अध्यक्ष शिव गिरीले समेत आवश्यक पर्ने अक्सिजन र कुनै विरामीलाई रगतको अभाव भए समितिले त्यसको व्यवस्थापन गर्ने बताउनुभयो ।
जिल्ला अस्पतालमानै रहेको अक्सिजन प्लाट समेत केही दिनमा संचालनमा आउने अस्पतालका मे.सु. डा बिर बहादुर थापाले बताउनुभयो । अक्सिजन प्लान्ट संचालनको बारमो पहल गर्न आइतबार सांसद तिलक महत, प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा ,स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईं , विपद व्यवस्थापन सहयोगि समितिका अध्यक्ष शिव गिरी सहित समितिका अन्य सदस्यहरुको टोलीले अक्सिजन प्लान्टको निरीक्षण गरेको छ । प्लान्टलाई जतिसक्दो चाडो संचालन गर्न सांसद तिलक महतले अनुरोध गर्नुभयो । अस्पतालका मे.सु. थापाका अनुसार दुई दिन भित्रमा प्लान्ट सञ्चालन गरिने छ । प्लान्टबाट दैनिक १६ देखी १७ सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । उत्पादन भएको अक्सिजन पाइप मार्फत सिर्धै बिरामीको बेड सम्म पुर्याई विरामीलाई अक्सिजन दिईनेछ ।
हाल दैनिक करिब ३५ सिलिण्डरको आवश्यकता हुदै आएकोमा यही अवस्थामा आधा माग प्लान्टले धान्ने छ । अक्सिजन प्लान्टको क्षमता वृद्धिकालागि समेत पहल गर्ने छलफल भएको छ । त्यसको लागि श्रोत व्यवस्थापनमा लाग्ने जनाईएको छ । सांसद महतले अस्पतालकालागि आवश्यक सामाग्रिका विषयमा अस्पतालले जानकारी दिए आफुले गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष माग राखी व्यस्थापनमा सहयोग पुर्याउने बताउनुभयो ।
अस्पतालमा अहिले करिब ५० जना सम्म संक्रमितलाई राखेर उपचार गर्न सकिने अस्पतालले बताएको छ । थप विरामीको संख्या बढेमा उपचारको प्रबन्ध गर्न शय्या थप्ने विषयमा समेत आइतबार छलफल भएको छ । अस्पतालको क्षमता बिकास गर्दै कोभिडका बिरामी थपिए पनि सहज रुपमा उपचार हुने प्रबन्ध मिलाउन सबैले पहल गर्नुपर्ने सांसद मतहले बताउनुभयो । यसकालागि आफुले समेत समन्वय गर्ने उहाँले बताउनुभयो । सोही क्रममा सांसद महतले कोभिड संक्रमितको उपचारको अवस्थाका बारेमा समेत अस्पतालबाट जानकारी लिनुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |