२०८० मंसिर २४, आईतबार
कावासोती । कोभिड १९को दोश्रो लहरका क्रममा यस विरुद्ध लडिरहेका नवलपुरका स्वास्थ्य संस्था ,आइसोलेशन तथा प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । कोपिला नेपाल पोखराले नवलपुर भित्र रहेका सवै स्थानीय तहका स्वास्थ्य संस्था, आइसोलेशन तथा प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्रि शुक्रबार हस्तान्तरण गरेको संस्थाका जिल्ला संयोजक सागरमणी ढुङ्गानाले बताउनुभयो ।
जिल्ला भित्रका ८ वटै स्थानीय तहका ५२ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रकालागि प्रति स्वास्थ्य संस्था एक हजार सर्जिकल माक्स, २ सय थान सर्जिकल ग्लोब्स, ५ लिटर सेनेटाइजर , सय थान एन ९५ माक्स र आठ थान पिपिई प्रदान गरिएको संयोजक ढुङ्गानाले बताउनुभयो ।
यस्तै ८ वटा आइसोलेशनलाई प्रति आइसोलेशन एक हजार पाँच सय सर्जिकल माक्स, ६ सय थान सर्जिकल ग्लोब्स, दुई सय थान एन ९५ माक्स, सेनेटाइजर पाँच लिटर र पिपिई २३ सेट प्रदान गरिएको उहाँले बताउनुभयो ।
कोपिला नेपालले जिल्लाका चारवटा प्रहरी कार्यालयलाई समेत स्वास्थ्य सामाग्रि बितरण गरेको छ । स्वास्थ्य संस्थालाई प्रदान गरिएकै परिमाणमा प्रहरी कार्यालयलाई समेत स्वास्थ्य सामाग्रि बितरण गरिएको जिल्ला संयोजक ढुङ्गानाले बताउनुभयो ।
स्वास्थ्यकर्मी र प्रहरी कोभिड विरुद्धको लगाईंमा अग्रपंक्तिमा रहेर काम गर्ने भएकाले उनिहरुको व्यक्तिगत सुरक्षाकालागि सामाग्रिहरु प्रदान गरिएको संस्थाले जनाएको छ । स्वास्थ्य सामाग्रिहरु प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी र सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले हस्तान्तरण गर्नुभएको थियो ।
सामाग्रि हस्तान्तरण पश्चात बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कोभिड १९ विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा सहयोग पुर्याउन र हौसला प्रदान गर्न संस्थाले सामाग्रि प्रदान गरेकोमा कोपिला नेपाललाई धन्यवाद दिनुभयो । साथै उहाँले अहिले कोभिड १९ महामारी विरुद्ध सबै मिलेर लड्नुपर्ने समेत बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |