२०८० आश्विन ११, बिहिबार
कावासोती । कावासोती क्षेत्रमा पटक – पटक विद्युत् लाईन काटिने समस्याका कारण उपभोक्ता र त्यसमा पनि विद्यार्थी बढि मारमा परेका छन् । विगत केही दिनदेखि दैनिक रुपमा छिन छिनमा लाईन काटिदा विभिन्न खाले समस्या भएको उपभोक्ताको गुनासो छ । अहिले कोभिड – १९ का कारण विद्यालय बन्द छन् । यहाँका कतिपय विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गेका छन् । तर पटक – पटक लाईन जाँदा विद्यार्थीहरुले अनलाईन कक्षा राम्रोसंग लिन नपाएको गुनासो गरेका छन् । कावासोती ३ निवासी कक्षा ११ मा पढ्ने विद्यार्थी सुजना अधिकारीले घरीघरी लाईन काटिदा नेट पनी काटिने जसले गर्दा अनलाईन कक्षामा राम्रोसंग पढ्न नपाएको गुनासो गर्नुभयो । ‘केहीबेर आएर जाने भए त केही फरक पर्थेन तर , पाँच पाँच मिनेटमै लाईन काटिदा पढाईमा धेरै असर परेको छ । ’ अधिकारीले भन्नुभयो । अधिकारीको जस्तै अनलाई कक्षा लिईरहेका अधिकाशं विद्यार्थीहरुको गुनासो उस्तै छ ।
लाईन काटिने समस्याले लाईनकको वैकल्पीक व्यवस्था नभएका विभिन्न पेशा व्यवसाय गर्नेहरु समेत मारमा परेका छन् । दुग्ध डेरी , माछामासु पलु सञ्चालन गर्नेहरुले समेत पटक पटक लाईन काटिदा विद्युतीय उपकरण बिग्रने भन्दै गुनासो गरेका छन् । यस्तै घरयासी प्रयोजनमा प्रयोग हुने विभिन्न विद्युतीय उपकरणहरु छिनछिनमा लाईन काटिदा सर्ट हुने जल्ने समस्या भएको गुनासो गरेका छन् । विद्युतको समस्याले गर्दा लाखौँ रुपिँया पर्ने विद्युतीय उपकरण बिगे्रको भन्दै उपभोक्ताहरुको गुनासो समेत रहेको छ ।
नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख मधुसुदन यादवले भने मौसमका कारण अहिले विद्युत वितरणमा समस्या आईरहेको बताउनुभएको छ । हावाहरी चलिरहेकाले ठाउँठाउँमा रुख ढलेर तारमा क्षती पु¥याउँदा लाईन काटिने गरेको उहाँको भनाई छ । साथै पुरानो तारपोल र लामो दुरीमा वितरण भएका कारण पनि यहाँ घरीघरी यो समस्या आएको उहाँको भनाई छ । ‘ लामो दुरीमा तार लगिएको छ । धेरै पुरानो समेत भएको छ त्यसैले फल्ट देखिन्छ , कर्मचारीलाई फल्ट भेटाउनै समय लाग्छ ,जसले गर्दा पनि गाह्रो भएको छ । ’ यादवले भन्नुभयो ।
त्यसमाथी अहिले कार्यालयका केही कर्मचारीमा कोभिडको लक्षण देखा परेको कारण होम आइसोलेनसमा बस्न भनिएकाले कर्मचारीको समेत कमी हुँदा मर्मत सम्भारमा समस्या भएको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |