२०८० आश्विन ५, शुक्रबार
कावासोती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटि नवलपुरले कोभिडको संक्रमणका कारण अप्ठ्यारोमा परेकाको सहयोगमा खटिन अपिल गरेको छ । एमाले नवलपुरले एक पे्रस विज्ञप्ती जारी गर्दै नेकपा एमाले नवलपुरका सम्पूर्ण नेता ,कार्यकर्ता, जनवर्गीय संगठनका नेता कार्यकर्ता, लगाएत शुभेच्छुक , शुभचिन्तक तथा आम जनसमुदायहरुमा कोरोना संक्रमणका कारण असजिलो परेका व्यक्तिहरुलाई स्वयमसेवकको रुपमा तत्काल मद्धत गर्न अपिल गरेको छ ।
जिल्ला सचिवालय सदस्य भीमलाल कंडेलद्धारा हस्ताक्षरित पे्रस विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको पूर्ण पालन गर्न गराउन समेत अपिल गरिएको छ ।
विज्ञप्ती मार्फत नेकपा एमाले नवलपुरले कोभिडका कारणबाट ज्यान गुमाएकाप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति संवेदना प्रकट गरेको छ । साथै स्वास्थ्य उपचारमा रहेका सबै विरामीहरुमा शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |