• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

६ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

पूर्वी नवलपरासीमा प्राकृतिक खेतिको अनुषन्धान सफल / विषादीको मात्रा न्यून पाईयो

ज्ञानु पंगेनी १५१७ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २६, आईतबार (२ साल अघि)

कावासोती ।   विषादी प्रयोगमा न्यूनिकरण गरि सुरक्षित तरकारी उत्पादन गर्न पूर्वी नवलपरासीमा थालिएको प्राकृतिक खेतिको अनुषन्धान सफल भएको छ ।
कावासोती नगरपालिका – १६ डण्डामा जिल्लामैै पहिलो पटक यस किसिमको खेति गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पूर्वी नवलपरासी ‘तरकारी जोन ’ कार्यक्रम मार्फत् स्थानीय कृषि फर्मसंगको सहकार्यमा पहिलो पटक प्राकृतिक खेतिको अनुषन्धान गरिएको हो । कावासोती १० का यूवा सन्देश तिमिल्सिनाले टमाटरमा प्राकृतिक खेतिको अनुषन्धान गर्नुभएको हो । ७ वर्ष अघि रामपुर क्याम्पस चितवनमा कृषिमा स्नातक तह अध्ययन सकेर विभिन्न ठाउँमा जागिरे जीवन बिताउनुभएका तिमिल्सिनाले आफ्नै ठाउँमा केहि नयाँ र सबैका लागि फाईदा पुग्ने काम गर्नुपर्छ भन्ने लक्ष्यका साथ थालेको प्राकृतिक खेति सफल भएको हो ।

गत वर्षको माघदेखि उहाँले खेति सुरु गर्नुभएको थियो । उहाँले पाँच कठ्ठा क्षेत्रफलमा सूर्य १११ जातको टमाटर लगाउनुभएको छ । उहाँले उत्पादन गरेको उक्त टमाटरमा विषादीको मात्रा निकै कम पाईएको छ । उहाँले उत्पादन गरेको टमाटरको चितवन स्थीत विषादी अवशेष द्रुत विश्लेषण परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा रुकावट प्रतिशत कार्बोनेट १.२५३९ र अर्गानो फस्फेट ०.९६२७ मात्रै पाईएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो । टमाटरको नतिजाले आफुहरु समेत अचम्म परेको उहाँले बताउनुभयो । शर्माका अनुसार तरकारीमा रुकावट प्रतिशत ३५ प्रतिशत भन्दा कम देखिएमा खानयोग्य हुन्छ, ३५ देखि ४५ प्रतिशत क्वारेन्टाईमा राखेर मात्र प्रयोग गर्न मिल्छ । ४५ प्रतिशतभन्दा बढी भएमा खान योग्य मानिदैन् फाल्नुपर्छ । ‘यसरी तरकारीमा विषादीको मात्रा निकै कम आउनु भनेको हाम्रो प्रयास सफल भएको छ । अब प्राकृतिक खेति प्रणालीको विस्तारमा कार्यालयले काम गर्छ । ’ शर्माले भन्नुभयो ।
टमाटरको नतिजा राम्रो आएपछि कार्यालय मार्फत् प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी तथा अन्य सरोकारवालालाई खेतमै पुगेर निरिक्षण गराईएको थियो । उपभोक्ता सम्म सन्देश पु¥याउने उदेश्यले बोटबाट तत्कालै टमाटर टिपेर प्रजिअ पंगेनी , कार्यालय प्रमुख शर्मा , कृषक तथा सहभागि सबैले काँचो टमाटरलाई सोझै खाने कार्यक्रम समेत गरिएको थियो । भनेका कुरामा जोकोहिले विश्वास नगर्न पनि सक्ने हुँदा टमाटर खाने कार्यक्रम गरिएको कार्यालयका सुचना अधिकारी रवि किरण अधिकारीले बताउनुभयो ।
प्रजिअ पंगेनीले अहिलेको कोभिड – १९ को महामारीमा विषादी रहित खाद्यान्नको सेवन गर्नु आवश्यक देखिएको समयमा यस किसिमको काम हुनु राम्रो पक्ष भएको बताउनुभयो । सबै उपभोक्ताको भान्छामा विषादी रहित खाद्यान्न पु¥याउनु सके पनि धेरै रोगबाट बच्न सकिने भन्दै सबै मिलेर यस कार्यको प्रचारप्रसार गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । प्रजिअ पंगेनीले भन्नुभयो – ‘उपभोक्ताहरु पनि सचेत हुनु जरुरी छ । कोभिडको अहिलेको समयममा मात्रै होईन् रोगबाट बच्न सधैँ यस्तै प्राकृतिक तथा आयुवेर्दिक वस्तुको सेवनलाई हामिले जोड दिनुपर्छ । ’

तरकारीमा राखिने विषादीले मानिषको स्वास्थ्यमा ठूलो असर पु¥याईरहेको छ । विभिन्न दीर्घरोग समेत विषादीकै कारण निम्तिरहेको छ । विषादीको उचित र ठिक मात्रामा प्रयोग गर्नुपर्छ भन्ने कृषकहरुलाई सचेतनाका कार्यक्रम गरिरहदा समेत कतिपयले उत्पादनमा बृद्धि गर्ने ध्याउन्नमा जथाभावी विषादीको प्रयोग गरेर मानव स्वास्थ्यमा असर पु¥याउने काम गरिराखेका छन् । यस किसिमको कार्य किसानले गर्नुहुँदैन भन्ने आफ्नो मान्यता रहेको र प्राकृतिक प्रणालीबाट समेत हाम्रै ठाउँमा उत्पादन गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्न यस कार्य थालनी गरेको तिमिल्सिनाले बताउनुभयो । ‘मानिषले सदैव सकारात्मक सोँच राख्नुपर्छ तब मात्रै घरपरिवार , समाज र देशको विकास सम्भव छ , यसै कुरालाई मैले मनन गर्दै खेति सुरु गरेको हो । आज सफल हुँदा निकै खुसी छु । ’ तिमिल्सिनाले भन्नुभयो – ‘लगानी अनुसारको प्रतिफल पाएको त छैन् तर, मैले हरेस खाएको छैन् । मैले यसलाई निरन्तरता दिन्छु । उपभोक्ता र किसान सबैले एक न एक दिन बुझ्नुहुनेछ । रसायनिक विषादीको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ भनेर । ’
प्राकृतिक ( अर्गानिक) खेतिमा लगानी बढि लाग्ने र मूल्य पनि बढि पर्ने हुँदा उपभोक्ताहरुले विषाद प्रयोग भएका तरकारी खरीद गर्ने गरेको उहाँ बताउनुहुन्छ । तर दुई पैसा बढि तिरेर स्वास्थ्य रहन मदत पुग्छ भन्ने कुरामा उपभोक्ताले चासो नदिने गरेको उहाँको गुनासो छ । ‘काठमाण्डौँ र पोखरा लगायतका केहि सहरमा मात्रै प्राकृतिक उत्पादनमा उपभोक्ताले जोड दिएको पाएको छु अन्यत्र त्यस्तो छैन् । कावासोतीमा त महङ्गो भनेर व्यापारीले लैजान खोज्दैनन् । उपभोक्ताले कसरी किन्ने ? ’
पहिलो वर्ष टमाटरमा मात्रै यस किसिमको अनुषन्धान गरेको तर आउदो वर्षबाट सबै किसिमका तरकारीमा प्राकृतिक पद्धतीबाट खेति गर्ने सोँच बनाएको उहाँको भनाई छ । ती तरकारीका बीउ समेत स्थानीय जातका र आफैँ उत्पादन गर्ने उहाँले बताउनुभयो । बीउमा समेत विषादी मिसाउने कारण बीउ पनि आफैँले उत्पादन गर्ने योजना उहाँको छ ।
उहाँले करीब पाँच विघा क्षेत्रफलमा तरकारी खेति गर्दै आउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच कठ्ठा क्षेत्रफलमा प्राकृतिक खेतिको अनुषन्धान गर्न दुई लाख रुपिँया सहयोग गरेको हो ।
तिमिल्सिनाका अनुसार खेति गर्न प्राकृतिक पद्धतीबाट सम्भव छ, विषादी रहित उत्पादन भने सम्भव छैन् । तर , विषादी प्राङ्गारिक प्रयोग गर्न सके स्वास्थ्यमा असर गर्दैन् । उहाँले आफ्नै गाउँघर वरिपरि खेर गएका विभिन्न वस्तुहरुबाट प्राङ्गारिक विषादी तयार गरेर खेतिमा प्रयोग गर्नुभएको हो । प्रयोग गरेर खेर गएका वस्तुमा बोटबीरुवालाई चाहिने विभिन्न तत्व पाईने उहाँ बताउनुहुन्छ । सैलुङ्गमा काटेर खेर गएको कपाल , फालिएको अण्डाको खोस्टा , फालिएको जनावारका हडड्ी , जमिनमुनीको माटो , अदुवा , लसुन , दालचिनी , भेली , साकाहारी भेनेगर लगायतका वस्तुबाट उहाँले , प्राङ्गारिक विषादी र भिटामिन बनाउने गरेको बताउनुभयो । यी वस्तुलाई विभिन्न विधिद्धारा तरल पदार्थमा परिणत गरेर बोट विरुवाको पात र जरामा राख्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले उत्पादन गर्ने भिटामिन र विषादीका लागि आवश्यक पर्ने पानी ‘वाटर सफ्टनेर डिभाइस ’ जडान गरेर मात्रै प्रयोग गर्नुभएको छ । यो डिभाईसले पानीलाई नरम बनाउने काम गर्दछ ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ६ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution