२०८० आश्विन १४, आईतबार
कावासाेती । विश्व रेडक्रस दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । रेडक्रस का जन्मदाता जाँ हेनरी ड्युना को जन्म भएको दिन मे 8 विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाले कावासाेतीका विभिन्न अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेकाे हाे ।
रेडक्रस कावासाेतीका सभापति बेदप्रसाद न्यौपाने , कोषाध्यक्ष बाबुराम कंडेल , उपसचिव कपिल न्यौपाने र रेडक्रसकर्मि बिष्णु कंडेलकाे टाेलीले मध्यविन्दु जिल्ला अस्पताल ,कालिगण्डकी अस्पताल , नवलपुर अस्पताल लगाएतका अस्पतालमा फलफूल वितरण गरिएको हाे । अस्पतालमा भर्ना भएका बिरामीको लागि अस्पतालका मे सु तथा चिकित्सक मार्फत फलफूल वितरण गरिएको सभापति न्याैपानेले बताउनुभयाे ।
आजै रक्तदाताहरुलाई आमन्त्रण गरि सुरक्षित रुपमा नेपाल स्वयसेवी रक्तदाता समाज मार्फत रक्तदान कार्यक्रम समेत गरिएको छ । यस्तै रेडक्रसको तर्फबाट जिल्ला प्रहरी कार्यालयकालागि २ सय ५० थान माक्स समेत प्रदान गरिएको सभापति न्यौपानेले बताउनुभयो ।
दिवशको अवशरमा दिवंगत भएकाहरुमा श्रदाञ्जली प्रकट गर्दै सम्पूर्ण विरामीहरुमा स्वस्थ्य लाभको कामना, अग्रपक्ती रहने चिकित्सिक, नेपाल प्रहरी,कोभिडको विरुद्धको लडाईंमा खटिने सबै व्यक्ति र पत्रकारप्रती उच्च सम्मान व्यक्त गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |